
डिभिजन वन कार्यालय गोरखाले जिल्लाका सुरक्षा निकायलाई वन डढेलो नियन्त्रणका लागि आवश्यक उपकरण वितरण गरेको छ । आइतबार प्रमुख जिल्ला अधिकारी तुलसी श्रेष्ठमार्फत ज्रिल्लाका सुरक्षा निकायहरुलाई उक्त सामाग्री हस्तान्तरण गरिएको

गोरखाका बडी बिल्डर सुरज घलेलाई गोरखा फिटनेस क्लबले सम्मान गरेको छ । हालै चितवनमा सम्पन्न नवौ मिस्टर हिमालय बडी बिल्डिङ प्रतियोगितामा दोस्रो स्थान हासिल गरेका उनलाई आइतवार एक कार्यक्रमकाबीच सम्मान

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थीहरु देश दर्शन अध्ययनको क्रममा गोरखा आइपुगेका छन् । प्रतिष्ठानको ४० औँ व्याच आधारभुत प्रशासन प्रशिक्षण अन्तरगत रहेको देश दर्शन (के.वाइ.सी) भ्रमण कार्यक्रमका लागि उनीहरु जिल्ला

सबै पालिकाको केन्द्रसम्म सडक सञ्जाल पु¥याउने सरकारको योजना चुमनुव्री गाउँपालिकामा सफल हुन सकेको छैन । भौगोलिक बिकटता त्यसमाथि राज्यको नजर कमै पुग्ने सो क्षेत्रमा सडक ट्रयाक खोल्ने काम त भइरहेको

गोरखाको मझुवास्थित रामशाहघाट हुदै मनकामना जाने सडकखण्डमा ईभी गाडी संचालनमा रोक लगाइएको छ । सडकको अवस्था र दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै उक्त निर्णय गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ

जिल्लाको पालुङटार नगरपालिकाले संचालन गरेको ‘किसानसँग बीउ पैँचो’ कार्यक्रम लोकप्रिय बन्दै गएको छ । आर्थिक वर्ष २०८१/०८२ बाट सुरु भएको उक्त कार्यक्रममा हाल पालिकाको अधिकांश किसानहरु आबद्ध रहेको त्यहाँका प्रमुख

गोरखकाली रबर उद्योगको नाम नसुन्ने सायदै होलान् । तर उद्योग संचालन भएको देख्नेहरु भने कमै भेटिन्छन् । उद्योगको अहिलेको अवस्था हेर्दा कुनै समय यो उद्योगले गोरखालाई गुल्जार बनाएको थियो भन्दा

गाउँमा यातायात तथा ढुवानी सेवाबाट वञ्चित भएका भोटखोलाबासी पूर्वाधार निर्माणका सबैखाले सामग्री बाहुबल प्रयोग गरेर ओसार्न बाध्य छन् । सडक सञ्जालले नजोडेको उत्तरी गोरखाका चुमनुब्री गाउँपालिकाका बासिन्दा अहिले पनि पूर्वाधार

गोरखा र लम्जुङ जोड्ने पन्थडिही–कटहरे–हर्मी–साहिलटार सडक कालोपत्रेको कामले तिव्रता पाएको छ । कुल २० किलोमिटर सडकमध्ये १५ किमि सडक कालोपत्रे भइसकेको छ । बाँकीमा बेस राख्ने काम भइरहेको गोरखा सडक

गोरखा नगरपालिकाले बेरोजगार युवाहरुलाई लक्षित गरी सिपमूलक तालिम संचालन गर्ने भएको छ । पोखरा भ्याली टेक्निकल टे«निङ इन्स्चिच्युट प्रालिको समन्वयमा तालिम दिन लागिएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत एकदेव खनालले बताए