| आइतवार, कार्तिक २२, २०८३

गण्डकी प्रदेश करातेँ छनोटमा गोरखाका ६ खेलाडीले जिते स्वर्ण

हालै सम्पन्न १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत गण्डकी प्रदेश स्तरीय करातेँ छनोट प्रतियोगिता-२०८३ मा गोरखाले ऐतिहासिक सफलता हात पारेको छ । कात्तिक १९ र २० गते पोखरामा सम्पन्न भएको प्रतियोगितामा गोरखा जिल्लाबाट सहभागी भएका ६ जना खेलाडीहरू स्वर्ण पदक हात पार्दै राष्ट्रिय स्तरको लागि छनोट हुन सफल भएका हुन्।

सबै जिल्लालाई पछि पार्दै गोरखाका सम्पूर्ण खेलाडीले स्वर्ण जित्नु गोरखा जिल्लाको करातेँ इतिहासमै गौरवपूर्ण उपलब्धि भएको टिम कोच बुद्ध लामाले बताए ।

स्वर्ण पदक जितेर राष्ट्रियमा छनोट हुने खेलाडीहरूमा ५५ के.जी. तौल समूहमा सुजन गुरुङ, ६० के.जी. तौल समूहमा रुपेश गुबाजु, ६७ के.जी. तौल समूहमा सक्षम लामा, ८४ के.जी. मुनि तौल समूहमा विशाल थापा मगर, ८४ के.जी. माथि तौल समूहमा अर्पन थापा मगर र ६८ के.जी. माथि तौल समूहमा स्मृति गुरुङ रहका छन् ।

१० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा हुने छ ।

प्रतिक्रिया दिनुहोस्