| आइतवार, कार्तिक २२, २०८३

फिलिमबाट सुत्केरी महिलाको हेलिकप्टरमार्फत उद्धार

गोरखाको चुमनुब्री गाउँपालिका–३ फिलिम स्थित फिलिम स्वास्थ्य चौकीबाट सुत्केरीसहित ३ जनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । आइतबार बिहान अन्दाजी ११:२० बजे फिलिम बस्ने अन्दाजी २९ वर्षीया सुन्तली गुरुङले ७ महिनाको बच्चा (बालक) जन्माएकी थिइन् ।

चिकित्सकले सुविधा सम्पन्न अस्पतालमा लैजानुपर्ने सल्लाह दिएपछि उनलाई थप उपचारका लागि काठमाडौं लैजानुपर्ने भएको थियो ।सोही क्रममा फिलिमकै देबल बस्ने वर्ष अन्दाजी २३ की सुप्रिया गुरुङको डेलिभरी डेट कटेको हुनाले उनलाई पनि सँगै काठमाडौं लैजानुपर्ने भएको थियो ।

त्यसपछि आजै नेपाली सेनाको हेलिकप्टरले उनीहरूलाई थापाथली अस्पताल काठमाडौंका लागि लगिएको प्रहरीले जनाएको छ। आमा र बच्चा दुवैको अवस्था मध्यम रहेको बताएको छ। उक्त स्थान प्रहरी चौकी सिर्दिबास गोरखाबाट अन्दाजी १ किलोमिटर पूर्व पर्दछ ।

उद्धारका लागि प्रहरी चौकी सिर्दिबास गोरखाबाट प्रहरी सहायक निरीक्षक गजबहादुर गुरुङको कमाण्डमा २ जनाको टोली खटिएको थियो ।

प्रतिक्रिया दिनुहोस्