| शुक्रबार, कार्तिक २०, २०८३

गोरखा अस्पतालमा डिजिटल भुक्तानी प्रणाली सुरु, अब क्युआरबाटै पैसा तिर्न सकिने

प्रदेश अस्पताल गोरखामा डिजिटल भुक्तानी प्रणाली औपचारिक रूपमा सुरु भएको छ। गण्डकी प्रदेश सरकारका स्वास्थ्य मन्त्री नन्दप्रसाद न्यौपानेले बिहीबार एक कार्यक्रमका बीच उक्त प्रणालीको उद्घाटन गरेका हुन्।

अब बिरामीले अस्पतालमा उपचार गरेबापतको शुल्क नगदमा नभई डाइनामिक क्युआर कोडमार्फत मोबाइल बैंकिङबाटै तिर्न सकिने भएका छन्। यसले अस्पतालमा लामो लाइनमा बसेर पैसा तिर्नुपर्ने झन्झट हट्ने विश्वास अस्पतालले गरेको छ ।

कार्यक्रममा अस्पतालका मेडिकल सुपरिटेन्डेन्टले अस्पतालको हालको सेवा, उपलब्धि र आगामी योजनाबारे जानकारी गराउँदै सेवा सुधारका लागि मन्त्रालयसँग आवश्यक सहयोगको माग गरेका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री न्यौपानेले अस्पतालको सेवा सुधारका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

अस्पतालले यसअघि नै विश्व स्वास्थ्य संगठनको प्राविधिक सहयोगमा विकसित ईएमआर प्रणालीमार्फत दैनिक सेवा प्रवाह गर्दै आएको थियो। सोही प्रणालीमा डाइनामिक क्युआर प्रविधि जोडेर डिजिटल भुक्तानी सुरु गरिएको अस्पतालले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्