
होली पर्वलाई लक्षित गरी जिल्लाको सुरक्षा व्यवस्थामा कडाई गरिएको छ । जिल्लामा हुन सक्ने अपराधिक गतिविधीलाई मध्यनजर गर्दै बिशेष सुरक्षा रणनीति लागू गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ‘पिकेट

गोरखाका विभिन्न पालिकाहरुले एकपछि अर्को उत्कृष्ट नमूनायोग्य कार्यक्रमहरु गर्न थालेका छन् । पछिल्लो चरणमा अजिरकोट गाउँपालिकाले घोषणा गरेको फेलोसिपको कार्यक्रम अरु पालिकाहरुले पनि देखासिकी गर्न लायक कार्यक्रम छ ।अजिरकोट गाउँपालिकाले

आउँदो चैत ५ गते हुन लागेको त्रिभुवन विश्वविद्यालयको स्ववियू चुनाव अन्तर्गत गोरखा क्याम्पसमा रचन परियार(नेविसंघ) र सुलभ अम्गाई(अखिल क्रान्तिकारी) नेतृत्वको टिम चुनावी मैदानमा उत्रिएका छन् । निर्वाचन समितिद्वारा जारी सूचनाअनुसार

आउँदो चैत ५ गते हुन लागेको त्रिभुवन विश्वविद्यालयको स्ववियू निर्वाचन अन्तर्गत द्रव्यशाह बहुमुखी क्याम्पसमा अबिन श्रेष्ठ(नेविसंघ) र सचिन(अखिल क्रान्तिकारी) नेतृत्वको टिम चुनाव लड्ने भएका छन् । निर्वाचन समितिद्वारा जारी सूचनाअनुसार

कीर्तिमानी आरोही पूर्णिमा श्रेष्ठ नेपालको सर्वाधिक लोकप्रिय अनलाइन पोर्टल ‘अनलाइन खबर’को उत्कृष्ट ५० महिलाभित्र छनौट हुन सफल भएकी छिन् । उमेरले ३० को वरिपरि रहेकी पूर्णिमाले एकबर्ष अघिको वैशाख महिनामा

जिल्लाको अजिरकोट गाउँपालिकाले पालिकाभित्रका महिला विद्यार्थी लक्षित शोध प्रवद्र्धन कार्य (थेसिस) अनुदान कार्यक्रम लागु गरेको छ । अजिरकोटमा विद्यमान समस्याका बारेमा शोधग्रन्थ तयार गर्ने महिला शोधार्थीलाई ४० हजार रुपैयाँ अनुदान

बैदेशिक रोजगार ठगीको आरोपमा गोरखाकी एक महिला पक्राउ परेकी छन् । आरुघाट गाउँपालिका–४ घर भई हाल काठमाडौं बस्दै आएकी २४ बर्षीया सरु परियारलाई आइतवार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

हिमाली भेगका किसान अहिले जंगली जनावरले खेतीपाती खाइदिएर हैरान भएका छन् । विशेषगरी भालु, झारल, मृग, बाँदर जस्ता जनावरले खेती विनास गर्ने गरेको किसानहरु गुनासो गर्छन् । भर्खर उम्रिएदेखि मृग,

सरकारी छाप किर्ते मुद्दामा दोषी ठहर भएका एकजना फरार अभियुक्त पक्राउ परेका छन् । गोरखा जिल्ला अदालतले दोषी ठहर गरेका आरुघाट गाउँपालिका १ निवासी राजेन्द्र थापा पक्राउ परेका जिल्ला प्रहरी

गोरखा आरुघारको खेती–किसानी गर्ने एउटा निम्न मध्यमवर्गीय परिवार । अभावै अभावको गुजुल्टोमा परिवारमा एउटी छोरीको जन्म हुन्छ । छोरापछि जन्मिएकी छोरीको आगमनले परिवारमा खुशीको लहर दौडिन्छ । छोरी विस्तारै हुर्किंदै