
द्रव्यशाह क्याम्पसमा श्रेष्ठ र खनाल नेतृत्वको प्यानल चुनावी मैदानमा
आउँदो चैत ५ गते हुन लागेको त्रिभुवन विश्वविद्यालयको स्ववियू निर्वाचन अन्तर्गत द्रव्यशाह बहुमुखी क्याम्पसमा अबिन श्रेष्ठ(नेविसंघ) र सचिन(अखिल क्रान्तिकारी) नेतृत्वको टिम चुनाव लड्ने भएका छन् ।
निर्वाचन समितिद्वारा जारी सूचनाअनुसार नेविसंघ र अनेरास्ववियुको प्यानलबाट श्रेष्ठ सभापतिको उम्मेद्वार बनेका छन् भने समाजवादी प्यानलबाट खनाल सभापतिको उम्मेद्वार बनेका छन् ।
त्यस्तै सत्तापक्षको प्यानलबाट सचिवमा सुप्रिज बस्नेत(नेविसंघ), कोषाध्यक्षमा असीम श्रेष्ठ(अनेरास्ववियु) र सदस्यहरुमा युकेन अर्याल(नेविसंघ), सुमिका घर्ती(नेविसंघ), सायदा खातुन(नेविसंघ), सन्दीप कार्की(नेविसंघ) र विपना कोइराला(अनेरास्ववियु)ले उम्मेद्वारी दर्ता गराएका छन् ।
त्यस्तै समाजवादी प्यानलका तर्फबाट सभापति पदमा खनाल, सचिवमा एलन गुरुङ(अखिल क्रान्तिकारी) र कोषाध्यक्षमा अनुप सिँखडा(अखिल क्रान्तिकारी)ले उम्मेद्वारी दर्ता गरेका छन् । त्यस्तै सदस्यहरुमा अखिल क्रान्तिकारीका तर्फबाट करुणा प्याकुरेल, सलिना थापा, अभिषेक तामाङ तथा सिर्जन अर्याल(अनेरास्ववियू) र अनिषा रानामगर(अनेरास्ववियु समाजवादी)ले उम्मेद्वारी दर्ता गराएका छन् ।




