| मङ्लबार, कार्तिक २४, २०८३

गोरखाका समाचार

जेनजीद्वारा ध्वस्त भौतिक संरचना पुननिर्माण गर्न सहयोग अभियान संचालन हुने

जेन–जीद्वारा क्षतिग्रस्त भौतिक संरचना पुनर्निर्माणका लागि गोरखामा सहयोग अभियान संचालन हुने भएको छ । जिल्लाका विभिन्न सामाजिक संस्थाहरुले संयुक्त रुपमा आउँदो १४ गते आईतबार भौतिक पूर्वाधार पुनर्निर्माणमा सहयोग अभियान संचालन

सिर्दिबासको खाद्य डिपोमा सहुलियतको चामल बिकेन

एक बर्षअघिसम्म सरकारी गोदामको चामल हारालुछ हुने उत्तरी गोरखाको सिर्दिबासमा यसवर्ष गोदाममै अटाइनअटाइ थुप्रिएको छ । सिर्दिबाससम्म मोटरबाटो पुगेपछि स्थानीयहरुले सरकारी गोदामको भन्दा पसलको चामल खान थालेकाले कम्पनीको चामल गोदाममै

निवृत्त जनशक्तिको ज्ञान, सीप, अनुभवलाई राज्यले उपयोग गर्नुपर्ने सुझाव

निवृत्त राष्ट्रसेवकहरुको ज्ञान, सीप र अनुभवको राज्यले भरपूर उपयोग गर्न सक्नुपर्नेमा निवृत्त राष्ट्रसेवक समाजले जोड दिएको छ । निवृत्त राष्ट्रसेवक समाज नेपालको पाँचौँ जिल्ला परिषदमा बोल्दै राष्ट्रसेवक समाजका सदस्यहरुले विविध

बालमन्दिरको विद्यार्थीहरुलाई न्यानो कपडा वितरण

गोरखा सदरमुकामस्थित बालमन्दिर माविमा अध्ययनरत्त अनाथ तथा विपन्न विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ । बुधबार रामबिजुली विपन्न सेवा ट्रष्टका अध्यक्ष रामप्रसाद लामिछानेले बालमन्दिरका ३२ विपन्न विद्यार्थीहरुलाई न्यानो कपडा वितरण

सहरमा लैंगिक हिंसाविरुद्धको अभियान, गाउँका महिला हिंसाका सिकार

प्रतीक्षा आले ।मंगलबारबाट विश्वभर लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान सुरु भएको छ । लैङ्गिक हिंसा न्यूनिकरण गर्ने मुल उद्देश्यका साथ हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वव्यापी

युवा जनशक्ति विदेशिएपछि गाउँ–गाउँमा ‘थे्रसरदाइँ’

शिव उप्रेती ।अहिले गोरखाका गाउँ–गाउँमा थ्रेसर प्रयोग गरेर दाइँ गर्ने प्रचलन बढेको छ । बिगत पाँच बर्षयता प्रवेश गरेको थ्रेसरको प्रयोग गाउँहरुमा बर्सेनि बढ्दै गइरहेको छ । दयँरे र गोरुको

सहिदस्मृति माविमा एसईई तयारी गरिरहेका विद्यार्थीलाई न्यानो कपडा र जुत्ता वितरण

सहिद लखन गाउँपालिका वडा नं. ७ को कार्यालयले सहिदस्मृति माविको आउँदो एसईईको नतिजा सुधारका लागि विशेष प्रयत्न गरेको छ । यसअघि पनि पालिकाभरिमै उत्कृष्ट नतिजा ल्याएकाले त्यसलाई कायम राख्दै अझ

१२०० मेगावाटको बुढीगण्डकी जलविद्युत् आयोजनाको लगानी तयार

१२०० मेगावाटको बुढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजनाको लगानी ढाँचा (मोडालिटी) तयार भएको छ । स्वदेशी लगानीमा निर्माण गर्ने गरी लगानी मोडालिटी तयार गरिएको हो । ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री कुलमान घिसिङले

अँबुवा–पौवाटार सडक कालोपत्रेको काम म्याद सकिन लाग्दा ३० प्रतिशत प्रगति

प्रतीक्षा आले ।अँबुवा–बिर्दी–सेरा–पौवाटार सडक कालोपत्रे गर्ने काम तीन बर्षमा ३० प्रतिशतमात्र प्रगति भएको छ । ठेकेदारको चरम लापार्बाहीका कारण प्रगति ज्यादै न्यून भएको ग्रामीण सडक सञ्जाल सुधार आयोजना कार्यान्वय इकाईले

गोरखा नगरपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड तारा माविलाई

गोरखा नगरपालिकास्तरीय छैठौँ राष्ट्रपति रनिङ शिल्डको उपाधि तारा मावि छेपेटारले जितेको छ । पालिकाको शिक्षा शाखाको आयोजनामा शनिबार, आइतबार र सोमबार सञ्चालित प्रतियोगितामा १४ पदक जित्दै तारा मावि विजयी भएको