| सोमवार, कार्तिक २३, २०८३

गोरखाका समाचार

निर्वाचन कर्मचारीलाई मतदानस्थल पुग्न तीनदिन हिड्नुपर्ने

आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यहरुको निर्वाचनका लागि निर्धारित गोरखाका २२५ मतदान स्थलमध्य २४ वटा स्थल सडक सञ्जालबाट टाढा रहेका छन् । अधिकांश हिमालपारिको चुमनुब्रीका र केही धार्चेका मतदानस्थलहरु

जंगली जनावरबाट २०४ घरपालुवा पशु मारिए, ११ लाख क्षतिपूर्ति रकम वितरण गरिँदै

प्रतीक्षा आले ।गोरखामा जगंली जनावरको आक्रमणबाट २०४ घरपालुवा जनावरको मृत्यु भएको छ । मृत्यु भएका घरपालुवा जनावरको क्षतिपूर्ति बापत डिभिजन वन कार्यालय गोरखा जिल्लाभर ११ लाख २६ हजार रुपैँया रकम

गोरखादेखि गोरखपुरसम्मको खिचडी यात्रा सुरु

गोरखा दरवारस्थित गोरखनाथ मन्दिरदेखि भारतको गोरखपुरसम्मको ‘खिचडी यात्रा’ आज(मंगलबार)सुरु हुने भएको छ । मंगलबार बिहान गोरखाको गोरखनाथदेखि ५० जनाको टोलीले भारतको गोरखपुरमा रहेको गोरखनाथ मन्दिरसम्मको यात्रा सुरु गरेका हुन् ।

गोरखाका कमल बसेल अवैध लागुऔषधसहित पक्राउ

इलाका प्रहरी कार्यालय आँबुखैरेनीले अवैध लागुऔषधसहित गोरखाका कमल बसेललाई नियन्त्रणमा लिएको छ । आँबुखैरेनी ४ बेनिटार चेकपोस्टमा नियमित सवारी चेकजाँचका क्रममा प्रहरीले सहिदलखन गाउँपालिका ३ गोरखाका २४ बर्षीय कमल बसेललाई

पहिरो गएको ५ महिना बित्यो पदमार्ग मर्मत भएन

चुमनुब्री गाउँपालिका २ ल्होका छिरिङ धार्के लामाले मनास्लु पदमार्गको पहिरोको भिडियो सामाजिक सञ्जाल(फेसबुक)मा राख्दै प्रश्न गरेका छन्, ‘गाउँपालिकाले पदमार्ग मर्मतसम्भार गर्न भन्दै पर्यटकसंग करोडौं राजस्व उठायो भन्छन् । ड्याङभन्दा मुनि,

बाबुराम भट्टराई र उमा भुजेलको नाम गोरखाबाट सिफारिस

फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) र नेकपा माओवादीबाट दुई शीर्ष नेताको नाम गोरखाबाट सिफारिस भएको छ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) गोरखाले पूर्व

३०४ औं पृथ्वीजयन्ती गोरखामा धुमधामले मनाइयो

पृथ्वीनारायण शाहको जन्मस्थल गोरखामा ३०४ औं पृथ्वीजयन्ती धुमधामले मनाइएको छ । पृथ्वीजयन्ती मूल आयोजक समितिले आयोजना गरेको सो समारोहको अवसरमा जिल्ला समन्वय समितिको परिसरबाट प्रभातफेरि आयोजना गरिएको थियो ।सो प्रभातफेरि

पेशागत सहकारीको अध्यक्षमा पुनः मञ्जु अर्याल

पेशागत बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुनः मञ्जु अर्याल चयन भएकी छन् । आइतबार सम्पन्न चौधौं साधारण सभा तथा छैठौँ अधिवेशनले अर्यालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

पुस्तक व्यवसायी संघ गण्डकी प्रदेशको अध्यक्षमा गोरखाका प्रदिप खनाल

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ गण्डकी प्रदेशको अध्यक्षमा गोरखाका प्रदीप खनाल चयन भएका छन् । महासंघको शनिबार पोखरामा सम्पन्न ७ औँ वार्षिक साधारण सभा एवं चौँथो अधिवेशनले खनाललाई अध्यक्षमा

शम्भु स्मृति प्रतिष्ठानद्धारा बिद्यालयलाई बिज्ञान सामग्री हस्तान्तरण

स्वर्गिय शम्भुबाबु मरहट्टाको ३० औं स्मृति दिवसको अवसर पारेर सिरानचोक गाउँपालिका–३ निवारेस्थित चम्पावती माविलाई बिज्ञान सामाग्री सहयोग गरिएको छ । शम्भु स्मृति प्रतिष्ठानले ८० हजार रकम बराबरको सामाग्री बिद्यालयलाई हस्तान्तरण