| सोमवार, कार्तिक २३, २०८३

३०४ औं पृथ्वीजयन्ती गोरखामा धुमधामले मनाइयो

पृथ्वीनारायण शाहको जन्मस्थल गोरखामा ३०४ औं पृथ्वीजयन्ती धुमधामले मनाइएको छ । पृथ्वीजयन्ती मूल आयोजक समितिले आयोजना गरेको सो समारोहको अवसरमा जिल्ला समन्वय समितिको परिसरबाट प्रभातफेरि आयोजना गरिएको थियो ।
सो प्रभातफेरि ठूलो आँगनमा पुगेर सभामा परिणत भएको थियो ।

सभामा प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख मोहन थापा, गोरखा नगरपालिकाका मेयर कृष्ण राना मगर, प्रमुख जिल्ला अधिकारी तुलसी श्रेष्ठ, पत्रकार महासंघ गोरखाका अध्यक्ष नरेन्द्र ढकाललगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।

यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि संग्रहालय परिसरमा पृथ्वीजयन्ती समारोहको आयोजना गरेको थियो । केन्द्रीय सदस्य खुश्वु ओलीको प्रमुख आतिथ्यतामा कार्यक्रम आयोजना गरेको हो ।

प्रतिक्रिया दिनुहोस्