
पेशागत सहकारीको अध्यक्षमा पुनः मञ्जु अर्याल
पेशागत बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुनः मञ्जु अर्याल चयन भएकी छन् । आइतबार सम्पन्न चौधौं साधारण सभा तथा छैठौँ अधिवेशनले अर्यालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा पुनः रमेश पोखरेल, सचिवमा इच्छाकुमार श्रेष्ठ र कोषाध्यक्षमा नन्दलाल रेग्मीलाई चयन गरेको छ । त्यस्तै सदस्यहरुमा खिलकुमारी पोखरेल(सबिना), गौतम बल्छौडी, रामेश्वर पोखरेल, तारा सुवेदी र ईश्वर पाण्डेलाई चयन गरेको छ ।
मञ्जु अर्यालको अध्यक्षतामा सम्पन्न साधारण सभाको उद्घाटन सत्रमा प्रमुख अतिथि नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष शिव थापा, नेपाल शिक्षक संघका कार्यबाहक अध्यक्ष रुद्र उप्रेती, शिक्षक संघको प्रदेश कार्य समितिकी प्रथम उपाध्यक्ष सगुना ढकाल, सीताराम भट्ट, उदय भट्ट, रमेश पोखरेलले शुभकामना मन्तव्य ब्यक्त गरेका सचिव नवराजभक्त उपाध्यायले जानकारी दिए ।
साधारण सभामा कोषाध्यक्ष नन्दलाल रेग्मीले संस्थाको सेयर पुँजी ९४ लाख रुपैयाँ रहेको र कर्जा लगानी एक करोड ३५ लाख रहेको बारे जानकारी गराएका थिए । त्यस्तै सचिव नवराज भक्त उपाध्यायले संस्थाको वार्षिक प्रगतिको प्रतिवेदन पेश गरेका थिए ।




