
गोरखाका कमल बसेल अवैध लागुऔषधसहित पक्राउ
इलाका प्रहरी कार्यालय आँबुखैरेनीले अवैध लागुऔषधसहित गोरखाका कमल बसेललाई नियन्त्रणमा लिएको छ ।
आँबुखैरेनी ४ बेनिटार चेकपोस्टमा नियमित सवारी चेकजाँचका क्रममा प्रहरीले सहिदलखन गाउँपालिका ३ गोरखाका २४ बर्षीय कमल बसेललाई लागुऔषधसहित नियन्त्रणमा लिएको जनाएको छ । बसेलले कम्मरमा भिर्ने कालो रङको झोलामा लुकाइछिपाइ ल्याएको ८८ थान ट्रामाडोल हाइड्रोक्लोरिक क्याप्सुल बरामद गरेको प्रहरीले जनाएको छ ।
उनलाई अवैध लागुऔषध शीर्षकमा मुद्दा दर्ता गरी म्याद थप गरेर अनुसन्धान अघि बढाएको प्रहरीको भनाइ छ ।




