| आइतवार, कार्तिक २९, २०८३

समाज

गोरखाको कागबेनी ओझेलमा

प्रवद्र्धन तथा प्रचारप्रसारको अभावमा गोरखाको धार्मिक तथा ऐतिहासिक स्थल कागबेनी पर्यटकीय क्षेत्र हुन सकेको छैन । पालुङ्टार नगरपालिका २ र सिरानचोक गाउँपालिका ४ को सीमानास्थित भुसुण्डे खोलामा पर्ने कागबेनीको पर्यटन

कर्मचारीलाई कार्यालय छाडेर कार्यक्रममा जान प्रतिवन्ध

बारपाक सुलिकोट गाउँपालिकाले कार्यालय छाडेर विभिन्न कार्यक्रममा सहभागी हुन आफु मातहतका कर्मचारीलाई रोक लगाएको छ । विभिन्न शाखा र वडा कार्यालयका कर्मचारीहरु कार्यालय छाडेर कार्यक्रमहरुमा सहभागी हुँदा सेवाग्राहीले दुःख पाएको

सबैले यस्तै नमुना काम गर्नेकी ? स्थानीय चुनावमा होओस् वा प्रदेश वा संघीय चुनावमा सबै उम्मेद्वारहरुले बिभिन्न खालका आश्वासन बाँडे । आफूले जितेमा कार्यान्वयन गर्न सक्ने आश्वासन पनि बाँडे, गर्न नसक्ने उँडन्ते आश्वास पनि बाँडे । पराजित हुने त भए, जित्नेले पनि आश्वासन पूरा गर्नेतर्फ प्रयास गरेको देखिएन । त्यसको एउटा प्रमुख कारण थियो, पूरा गर्न नसक्ने उँडन्ते आश्वासन थियो । आरुघाट गाउँपालिकाले एउटा महत्वपूर्ण निर्णय ग¥यो र कार्यान्वयन पनि गरेको छ । भूकम्प पीडितलाई नीजि आवास निर्माणका लागि एकलाख रुपियाँ ऋण दिने कार्यक्रम उसको मौलिक खालको कार्यक्रम हो । जसले जग हाल्ने, काम थाल्ने पैसा पनि नपाएर काम थालेको छैन, उसलाई एकलाख रुपियाँ ऋण दिने गरेको छ । अहिलेसम्म ३० जना भन्दा धेरैलाई त्यसरी ऋण दिएको बताइएको छ । यसले गर्दा कम्तीमा काम थाल्न त सक्छ । एकलाख खर्च गरेर डिपिसी गरेपछि त दोस्रो किस्ताको डेढलाख आउँछ अनि थप काम गर्न सकिन्छ । यस्ता खालका रचनात्मक, मौलिक खालका काम गरेमा सेवाग्राहीले पनि सेवा पाउँछन्, जनप्रतिनिधि, कर्मचारीहरुको लोकप्रियता पनि पक्कै बढ्नेछ । गोरखामा विजयी जनप्रतिनिधिहरु सबै इच्छाशक्ति भएका नै देखिन्छन् । उनीहरुले थप सुझबुझका साथ भूकम्प पीडितका लागि राहत पुग्ने खालका काम गर्नुपर्ने देखिन्छ । किनभने गोरखामा सबैभन्दा खाँचो भूकम्पले भत्किएका नीजि आवास निर्माणको हो । त्यसलाई सम्बोधन हुने खालका काम गर्दा प्रभावकारी हुनेछ । यस खाले नमुना काम जिल्लाका अन्य १० वटा स्थानीय तहले पनि गर्नुपर्छ । जनताको समस्यामा मल्हम लगाउन अग्रसरहुनुपर्छ ।
भूकम्पको ४६ महिनामा ४४ हजार घरमात्र पुनर्निर्माण

भूकम्प गएको ४४ महिना बित्दा केन्द्रविन्दु गोरखा जिल्लामा ४४ हजार दुई सय ३१ निजी आवासको निर्माण कार्य सकिएको छ । ७० हजार ५ सय २८ लाभग्राही रहेकामा हालसम्म ५० हजार

युवाहरु फर्केपछि गाउँ गुल्जार

स्कूले जीवन पार गरेका जल्दाबल्दा युवाहरु देश, विदेशतिर पलायन भएपछि सिरानचोक ७ पाण्डेगाउँ १० बर्षअघिसम्म वृद्धाश्रम जस्तो थियो । बचेखुचेका युवाहरुमा पनि राजनीतिक मतभेदका कारण मेलापात, आवतजावत, बोलचाल समेत बन्द

मगर संघ जिल्ला समन्वय समिति गोरखाको अध्यक्षमा विष्णु राना

नेपाल मगर संघ जिल्ला समन्वय समिति गोरखाको नयाँ कार्यकालका लागि पनि अध्यक्षमा विष्णु राना मगर चयन भएका छन् । मंगलबारबाट सुरु भएको संघको १२ औं जिल्ला अधिवेशनबाट राना सर्वसम्मत अध्यक्षमा

फागुन ३ गतेदेखि पहिलो पालुङ्टार लिगलिग महोत्सव

दरौंदी समाचारदाता : गोरखाको पालुङ्टार नगरपालिकामा पहिलो पटक पालुङ्टार लिगलिग महोत्सव हुने भएको छ । गोरखा उद्योग वाणिज्य संघ, पालुङ्टार बजार इकाइले पालुङटारको ठाँटीपोखरी बजारमा फागुन ३ गतेदेखि फागुन १२

सहिद लखनमा छ महिनामा १० प्रतिशत विकास बजेट खर्च

अनुपमा खनाल : गोरखाको शहिद लखन गाउँ पालिकाले चालु आर्थिक बर्षको ६ महिनासम्ममा १० प्रतिशत मात्रै विकास बजेट खर्च गरेको छ । चालु आर्थिक बर्षमा गाउँपालिकाको १८ करोड ८० लाख

माछाखोलाबाट एम्बुलेन्स सेवा सुरु

फ्रान्समा रहेर गोरखाको दुर्गम धार्चे गाउँपालिकामा स्वास्थ्य क्षेत्रमा काम गरिरहेको मैना एशोसिएशनको सहयोग र माछाखोलास्थित धर्मसिँङ मानवसेवा केन्द्रको समन्वयमा माछाखोलामा एम्बुलेन्स सेवा सञ्चालनमा आएको छ । धार्चे गाउँपालिकामा नै पहिलो

आँबुखैरेनीमा छिम्केश्वरी सहकारीको उद्घाटन

तनहूँ आँबुखैरेनीमा भर्खरै स्थापित छिम्केश्वरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको उद्घाटन गरिएको छ । एकसय २० जना सेयर सदस्य रहेको सहकारीको आँबुखैरेनी गाउँपालिका प्रमुख गिरबहादुर थापा र त्रिभुवन अन्तराष्ट्रिय

मगर, तामाङ र कुमाल समुदायले धुमधामसँग मनाए माघेसंक्रान्ती

गोरखाका मगर समुदायले धुमधामका साथ राष्टिूय पर्व माघेसंक्रान्ती मनाएका छन् । जिल्लाका विभिन्न स्थानिय तहमा छरिएर रहेका मगर समुदाय जिल्ला सदमुकाममा भेला भएर एकसाथ माघेसंक्रान्ती पर्व मनाएका हुन् । नेपाल