
सहिद लखनमा छ महिनामा १० प्रतिशत विकास बजेट खर्च
अनुपमा खनाल :
गोरखाको शहिद लखन गाउँ पालिकाले चालु आर्थिक बर्षको ६ महिनासम्ममा १० प्रतिशत मात्रै विकास बजेट खर्च गरेको छ । चालु आर्थिक बर्षमा गाउँपालिकाको १८ करोड ८० लाख ४२ हजार सात सय ६७ रुपैयाँ पुजिगत बजेट रहेकोमा पुष मसान्तसम्म एक करोड ९० लाख ७४ हजार ८१ रुपैयाँमात्रै खर्च भएको गाउँपालिका का प्रमुख प्रशासकिय अधिकृत जिवनबहादुर आले मगरले जानकारी दिए । शशर्त अनुदान अन्तरगत १६ करोड १२ लाख ३० हजार रुपैयाँ बजेटमध्ये ७ करोड ५० लाख ८१ हजार ६५५ रुपैयाँ खर्च भएको छ । शशर्त अनुदानको कुल बजेटमध्ये ४६ दशमलब ५७ प्रतिशत खर्च भएको उनले बताए ।‘ हामीले शशर्त अनुदान मार्फत खर्च गर्नेगरि तय गरेका योजनामा खर्च भएको बजेट हो यो ’ उनले भने ‘ स्वास्थ्य, शिक्षा, वातावरण, उर्जा लगायतका शिर्षकमा शशर्त अनुदानका बजेट छन् ।’ पुजिगत खर्चको आधारमा गाउँपालिकाको चालु खर्च भने दोब्बर भन्दा बढि छ। चालु बजेट अन्तरगत ६ महिनाको अबधिमा २६ प्रतिशत खर्च भएको छ ।
५ करोड १२ लाख ८४ हजार चालु बजेट रहेकोमा एक करोड ३३ लाख ३७ हजार रुपैयाँ खर्च भएको प्रमुख प्रशासकिय अधिकृत मगरले बताए । सामाजिक सुरक्षा खर्च अन्तरगत ५ करोड ९८ लाख ९५ हजार बजेठ रहेकोमा २ करोड ४५ लाख २१ हजार रुपैयाँ खर्च भएको छ । समग्रमा गाउँपालिकाको ४६ करोड ४ लाख ५१ हजार बजेटमध्ये हालसम्म १३ करोड २० लाख १४ हजार रुपैयाँ खर्च भएको उनले जानकारी दिए । ‘यो कुल बजेटको २८ दशमलब ६७ प्रतिशत हो ’ उनले भने ‘ हामी योजना कार्यान्वयनका चरणमा छौ । अब फागुन मसान्तसम्म हाम्रो खर्च प्रतिशत ६०÷७० प्रतिशत पुग्छ ।’ गाउँपालिका मार्फत विकास निर्माणका लागि ४ वटा योजना बोलपत्र मार्फत सम्झौता भई कार्यान्वयनमा छन् । अब १० योजना बोलपत्र सुचना प्रकाशन भई कार्यान्वनयनमा जाने भएकाले खर्च प्रतिशत पनि बढ्ने उनको भनाई छ । विकास बजेट कार्यान्वयनका लागी गाउँपालिका प्रतिबद्ध रहेको उनले जानकारी दिए । गाउँपालिका मार्फत स्वास्थ्य तर्फको कुल बजेटमध्ये ४७ दशमलब २५ प्रतिशत, कृषि तर्फको १७ दशमलब ६६ प्रतिशत र पशु सेवा तर्फको ४० दशमलब ५६ प्रतिशत बजेट हालसम्म खर्च भएको छ । यस्तै, शिक्षा युवा तथा खेलकुद तर्फको कुल बजेटमध्ये ३४ दशमलब ५० प्रतिशत र अन्य प्बद्र्धनात्मक कार्यक्रममा १८ दशमलब ६७ प्रतिशत बजेट खर्च भएको गाउँपालिकाले जनाएको छ




