| आइतवार, कार्तिक २२, २०८३

आँबुखैरेनीमा छिम्केश्वरी सहकारीको उद्घाटन

तनहूँ आँबुखैरेनीमा भर्खरै स्थापित छिम्केश्वरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको उद्घाटन गरिएको छ ।
एकसय २० जना सेयर सदस्य रहेको सहकारीको आँबुखैरेनी गाउँपालिका प्रमुख गिरबहादुर थापा र त्रिभुवन अन्तराष्ट्रिय विमान स्थल अध्यागमन विभागकी अधिकृत तथा आँबुखैरेनी गाउँपालिकाकी पूर्व प्रमुख प्रशासकीय अधिकृत दुर्गा थापाले बुधबार संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
उद्घाटन समारोहमा तनहुँ उद्योग बाणिज्य संघ आँबुखैरेनी बजार इकाईका अध्यक्ष कृष्णमान तामाङ, माई मनकामना बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका सचिव उपेन्द्र देवकोटा, रामशाह टोल सुधार समितिका अध्यक्ष मीनबहादुर गुरुङ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
उक्त सहकारीले छिट्टै सन्ध्याकालीन काउण्टर संचालन गर्ने तयारी गरेको कार्यक्रममा कोषाध्यक्ष प्रकास अधिकारीले जानकारी दिए ।
सहकारीको प्रारम्भिक सभाले रत्नकुमार श्रेष्ठको अध्यक्षतामा सात सदस्यीय नयाँ कार्यसमिती चयन गरेको छ । जसकोे उपाध्यक्षमा रेजिना श्रेष्ठ, सचिवमा प्रेमकुमार श्रेष्ठ, कोषाध्यक्षमा प्रकाश अधिकारी र सदस्यहरुमा ज्ञानेन्द्र श्रेष्ठ, तनकुमार श्रेष्ठ र प्रसाद श्रेष्ठ रहेका छन् । लेखा समितिको संयोजकमा कृष्णमान तामाङ, सदस्यहरुमा सीता भट्टराई बराल, मनोज श्रेष्ठ, शिक्षा समितिको संयोजकमा तनकुमार श्रेष्ठ, सदस्यमा निरोज श्रेष्ठ, लीलाकुमारी गुरुङ र ऋण समितिको संयोजकमा प्रकाश अधिकारी, सदस्यमा पङ्कज चितौरे मगर, राजेन्द्रकुमार श्रेष्ठ चयन भएको सहकारीले जनाएको छ ।
औपचारिक कारोबार बुधबारबाट सुरु गरे पनि गत मङ्सीर दुई गतेबाट अनौपचारिक रुपमा कारोबार गरेको सहकारीका अध्यक्ष श्रेष्ठले जानकारी दिए । सहकारीको सेयर पुँजी दुई करोड चारलाख रुपैयाँ रहेको छ । सहकारीले अहिलेसम्म ५९ लाख ९६ हजार ९ सय ५० रुपैया ऋण लगानी गरेको सहकारीका अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्