
मगर, तामाङ र कुमाल समुदायले धुमधामसँग मनाए माघेसंक्रान्ती
गोरखाका मगर समुदायले धुमधामका साथ राष्टिूय पर्व माघेसंक्रान्ती मनाएका छन् । जिल्लाका विभिन्न स्थानिय तहमा छरिएर रहेका मगर समुदाय जिल्ला सदमुकाममा भेला भएर एकसाथ माघेसंक्रान्ती पर्व मनाएका हुन् ।
नेपाल मगर संघ गोरखाले संघको १२ औं अधिबेसन तथा माघेसंक्रान्ती पर्वका अबसरमा सदरमुकामस्थित खेल मैदानमा कार्यक्रम गरेको हो । सो अबसरमा कौडा, सोरठी, पञ्चेबाजा लगायतका विभिन्न सास्ंकृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । यस्तै, लोक तथा दोहोरी गायक दिपसागर थापा मगर र गायीका सरु थापा मगरले आफ्नो प्रस्तुती दिएका थिए । नेपाल मगर संघ गोरखाका अध्यक्ष विष्णु राना मगरको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेशका भुमी ब्यबस्था कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापा मगर, गोरखा नगरपालिकाका मेयर राजनराज पन्त, सहायक प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेल लगायत ले मन्तब्य ब्यक्त गरेका थिए ।
संघको कार्यालय रोहटेपानीबाट पहिचान झल्कने भेषभुषा तथा झाँकी सहित निस्किएको ¥यालीले बजारका विभिन्न ठाउँको परिक्रमा गरि खेलकुद मैदानमा कार्यक्रममा परिणत भएको थियो । संघको अधिबेसनले बुधबार नयाँ कार्यसमिति चयन गर्ने अध्यक्ष विष्णु राना मगरले जानकारी दिए कुमाल समुदायले माघी मनाए
त्यस्तै गोरखा नगरपालिका कुन्दुरटारका कुमाल समुदायले माघी पर्वका रुपमा माघेसंक्रान्ती पर्व मनाएका छन् ।
नेपाल कुमाल समाज सुधार समितिको आयोजनामा प्रथम माघि पर्व मेला गरिएको हो ।
सम्पुर्ण कुमालहरु एक हौं, कला संस्कृति भाषा पहिचानको जगेर्ना गरौं भन्ने नाराका साथ पहिलो पटक सामुहिक रुपमा माघी पर्व मनाएको समितिका अध्यक्ष रामजी कुमालले जानकारी दिए । कार्यक्रम मा समाजका पुर्व केन्द्रिय अध्यक्ष जितबहादुर कुमाल, गोरखा नगरपालिकाका मेयर राजन राज पन्त, पुर्व सभासद ज्ञानेन्द्र कुमाल, सहायक प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेल लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।




