| मङ्लबार, कार्तिक २४, २०८३

गोरखाका समाचार

आरुघाटबाट धादिङ हुदैँ काठमाडौ बस चलाउने व्यवस्था मिलाइदिन माग

पालिकाभित्र संचालन हुने सार्वजनिक यातायातको रुट परिवर्तन गर्न आरुघाट गाउँपालिकाले माग गरेको छ । गोरखा बजार हुदैँ काठमाडौं जाने रुटलाई सिधै धादिङबाट जाने व्यवस्था मिलाइदिन पालिकाले माग गरेको हो ।सोमवार

तीन महिना बित्यो, न बच्चाको न्वारन, न श्रीमान भेटिए

प्रतीक्षा आले ।जातीय विभेदका कारण घरपरिवारबाट लखेटिएकी गोरखाकी मनिका परियारले छोरा जन्माएको पनि झन्डै तीन महिना बित्यो । सहिदलखन गाउँपालिका वडा नं १ बक्राङकी परियारले गत जेठ १० गते प्रदेश

नगरापलिका भित्रका १५ वटा क्लबलाई खेलकुद सामग्री वितरण

गोरखा नगरापलिका भित्रका १५ वटा क्लबलाई खेलकुद सामग्री वितरण गरिएको छ । सम्भव नेपालको आर्थिक सहयोगमा नगरपालिका भित्रका १४ वटा वडाका विभिन्न १५ क्लबलाई खेलकुद सामग्री वितरण गरिएको हो ।

हिउँद लागेको खुशियालीमा भद्रा मारेर उत्सव मनाउँदै लाप्राकी

बर्खा सकिएर हिउँद लागेको खुशीयालीमा धार्चे ४ लाप्राकका बासिन्दाले हरेक बर्षजस्तै यसबर्ष पनि भदौ १ गते भद्रा मारेर खुशीयाली मनाएका छन् । आइतबार ठूलो आँगनमा भेलाभई सातसय घर लाप्राकीले काँक्रोलाई

गोरखालाई कायापलट गर्ने ठुलो योजना ल्याउनुस्, प्रदेशले सहयोग गर्छ: मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सानातिनाभन्दा गोरखालाई कायापलट गर्ने ठुला योजना आवश्यक रहेको बताएका छन् । आइतवार गोरखामा जेसीज सप्ताह कार्यक्रमको उद्घाटन पश्चात बोल्दै उनले यस्ता योजना ल्याए सहयोग गर्न

गोरखामा जेसीज सप्ताह सुरु, खुल्ला दौडको उपाधी राउतलाई

गोरखामा जेसीज सप्ताह कार्यक्रम सुरु भएको छ । आइतवार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कार्यक्रमको उद्घाटन गरेका छन् । सप्ताहव्यापी कार्यक्रम अन्तरगत पहिलो दिन खुल्ला दौड प्रतियोगिता भएको छ ।

घाँसको जरिबाना: बँधुवालाई २५०, चरुवालाई रु पाँचसय

धार्चे गाउँपालिका ३ उहियाको गोठमा बस्नेहरु आवद्ध भएको गोठ समितिले बस्तुभाउबाट हुने गरेको होचो, अर्गेलोको जरिबाना तोकेका छन् । हरेक बर्षझैँ यसबर्ष पनि भदौ १ गते बसेको गोठ समितिको बैठकले

स्वास्थ्यकर्मी संघ गोरखाको अध्यक्षमा थापा

स्वास्थ्यकर्मी संघ गोरखाको अध्यक्षमा विकास थापा चयन भएका छन् । संघको शनिबार सम्पन्न चौँथो अधिवेशनले थापाको अध्यक्षतामा १३ सदस्ययी कार्यसमिति गठन गरेको हो । जसको अपाध्यक्षमा दिपेन्द्र गिरी, महिला उपाध्यक्षमा

एकबर्षमा १० लाख भक्तजनले गरे मनकामना दर्शन

प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिरमा एकबर्षको अवधिमा १० लाख भक्तजनहरुले दर्शन गरेका छन् । गत असार मसान्तसम्मको एकबर्षको अवधिमा १० लाखभन्दा धेरै भक्तजनले मनकामना मन्दिर दर्शन गरेको मनकामना क्षेत्र विकास

ल्होमा आगलागी हुँदा ६ घर जलेर नष्ट

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका वडा नं २ ल्हो गाउँमा आगलागी हुँदा ६ घर जलेर नष्ट भएका छन् । शुक्रबार राती साँढे १० बजेतिर आगलागी हुँदा स्थानीय साम्दुक लामा, टासी लामा,