| मङ्लबार, अशोज १२, २०८३

नगरापलिका भित्रका १५ वटा क्लबलाई खेलकुद सामग्री वितरण

गोरखा नगरापलिका भित्रका १५ वटा क्लबलाई खेलकुद सामग्री वितरण गरिएको छ । सम्भव नेपालको आर्थिक सहयोगमा नगरपालिका भित्रका १४ वटा वडाका विभिन्न १५ क्लबलाई खेलकुद सामग्री वितरण गरिएको हो । खेलकुद सामग्रीमा फुटबल, भलिबल, नेट, जर्सीलगायतका सामग्री सहयोग उपलब्ध भएको नगरपालिकाका खेलकुद संयोजक एवम वडा नं। १० का वडाध्यक्ष प्रदिप कुँवरले बताए । गोरखा नगरपालिका वडा नं। १० र ११ बीच मैत्रीपूर्ण फुटबल खेल सम्पन्न भएको उहाँले जानकारी दिए । मैत्रीपूर्ण खेल बराबरीमा सम्पन्न भएको थियो ।

‘खेलको आयोजना हामीले गरेका थियौँ, खेल बराबरमिा सकियो,’ वडाध्यक्ष कुँवरले भने, ‘ट्रफीलगायतको पुरस्कार पहुना टिमलाई दियौं ।’ खेलाडीहरुलाई ट्रफी, मेडल गोरखा नगरपालिकाका मेयर र उपमेयरले संयुक्त रुपमा हस्तान्तरण गरेका हुन् । गोरखा नगरपालिकाका मेयर कृष्ण राना मगरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उपमेयर मसलीमाया थोकर, सम्भव नेपालका प्रतिनिधी उत्तम अधिकारीलगायत क्लबका प्रतिनिधी एवम खेलाडीहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्