| बिहिबार, कार्तिक २६, २०८३

गण्डकी प्रदेश

बाढी पहिरो पीडित गण्डकी प्रदेशबासीलाई प्रदेश सरकारद्वारा राहत घोषणा

गण्डकी प्रदेश सरकारले बाढीपहिरोमा मृत्यु भएका तथा बेपत्ता भएका प्रदेशका नागरिकका परिवारलाई राहत प्याकेज घोषणा गरेको छ । प्रदेश सरकारले भोटेकोशी त्रिशुलीको बाढी, पहिरोमा परी मृत्यू तथा बेपत्ता भएकाको परिवारलाई

बाढी पीडितलाई आरुघाटले ११ लाख ३३ हजार सहयोग गर्ने

आरुघाट गाउँपालिकाले भोटेकोशी बाढीबाट प्रभावित नागरिकहरुलाई ११ लाख ३३ हजार रुपैँया सहयोग गर्ने भएको छ । गाउँपालिकाको आइतबार बसेको बैठकले उक्त निर्णय गरेको हो ।बाढी प्रभावित नागरिकहरुका लागि गाउँपालिकाभित्रका जनप्रतिनिधिहरुको

भोटेकोशी बाढी पीडितलाई काङ्ग्रेस गोरखाले ५ लाख सहयोग गर्ने

काङ्ग्रेस गोरखाले भोटेकोशी बाढी पीडितहरुलाई ५ लाख रुपैँया सहयोग गर्ने भएकोे छ । पार्टीको आइतबार बसेको बैठकले गत बुधबार भोटेकोशीमा आएको बाढीका कारण बिस्थापित भएकाहरुलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको

यातायातको सिण्डिकेट : दिउसै बजारमा कुटिए व्यवसायी

गोरखकाली यातायात प्रालिका अध्यक्ष ताराबहादुर खड्का(जीवन) जिल्ला सदरमुकाममै कुटिएका छन् । विभिन्न तीनवटा यातायात व्यवसायीहरुले आइतबार दिउसो दुईबजेतिर हरमटारीमा आफूमाथि कुटपिट गरेको पीडित खड्काले जानकारी दिए ।‘म निवासतिर जाँदै थिएँ

भोटेकोशी बाढीमा बेपत्ता हुने गोरखालीको सङ्ख्या ६६ भन्दा धेरै

भोटेकोशीमा बुधबार आएको बाढीमा परेर गोरखाका ६६ जनाभन्दा धेरै बेपत्ता भएका । जिल्लाको चुमनुब्री गाउँपालिका बाहेक अन्य १० पालिकाबाट मानिसहरु सम्पर्कबिहीन भएका प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद श्रेष्ठले बताए । बाढीमा

गण्डकी गाउँपालिकाका दुईहजार घरधुरी विद्युतविहिन

गण्डकी गाउँपालिकाका करिब दुई हजार घरधुरी दुईदिनदेखि विद्युत सेवा विहिन भएका छन् । त्रिशुलीको बाढीले विद्युत संरचना तहसनहस बनाएपछि धादिङसहित गोरखाको गण्डकी गाउँपालिका वडा नं.७ र ८ का सबै घरधुरी

रसुवाको बाढी पीडितलाई गोरखाबाट राहत रकम संकलन हुँदै

भोटेकोशीमा बुधबार गएको बाढी पीडितका लागि गोरखाबाट राहत रकम जुट्न थालेको छ । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाले बाढी पीडितका लागि ७ लाख ५० हजार सहयोग गर्ने घोषणा गरेको हो ।

गोरखामा भेटिएका शवहरु पोखरा पठाइयो

भोटेकोशीमा बुधबार गएको बाढीले बगाएर त्रिशूली नदीको गोरखातर्फको बगरमा ल्याएका शवहरु पोखरा पठाइएको छ । प्रदेश अस्पताल गोरखाको शवगृहमा राखिएका ११ वटा सग्ला शवहरु पोखराको गण्डकी सरकारी अस्पताल पठाइएको सहायक

त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला

भोटेकोशी नदीमा बुधबार गएको बाढीपछि गोरखा जिल्लासित जोडिएको क्षेत्रमा बिहिबार साँझसम्म ३९ शव फेला परेका छन् । गोरखाका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार प्रहरीले त्रिशूली नदीको गोरखातर्फको बगरमा ती

त्रिशुली बाढीको वितण्डा : उच्च सावधानीले गोरखामा मानवीय क्षति हुन पाएन

त्रिशुलीको भयावह बाढीबाट गोरखाका चारवटा झोलुङ्गे पुलहरु क्षतिग्रस्त भए । दुईवटा मोटरेबल पुलमा सामान्य क्षति भयो ।त्रिशुलीका किनारमा दर्जनौँ बस्ती थिए । सावधानीका कारण कुनै बस्तीमा पनि मानवीय क्षति हुन