| सोमवार, भदौ १४, २०८३

भोटेकोशी बाढी पीडितलाई काङ्ग्रेस गोरखाले ५ लाख सहयोग गर्ने

काङ्ग्रेस गोरखाले भोटेकोशी बाढी पीडितहरुलाई ५ लाख रुपैँया सहयोग गर्ने भएकोे छ । पार्टीको आइतबार बसेको बैठकले गत बुधबार भोटेकोशीमा आएको बाढीका कारण बिस्थापित भएकाहरुलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको हो ।
बाढी प्रभावित नागरिकहरुको उद्धार, राहत तथा पुर्नस्थापना कार्यमा सहयोग पु¥याउने उद्देश्यले रकम उपलब्ध गराएको नेपाली काङ्ग्रेस गोरखाका सभापति नन्दप्रसाद न्यौपानेले बताए । उनका अनुसार बाढी पीडितहरुलाई सहयोग रकम नेपाली काङ्ग्रेस केन्द्रिय कार्यसमितिको ‘केन्द्रिय विपद व्यवस्थापन कोष’मार्फत उपलब्ध गराउने निर्णय भएको छ ।

प्रतिक्रिया दिनुहोस्