| शुक्रबार, भदौ ११, २०८३

त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला

भोटेकोशी नदीमा बुधबार गएको बाढीपछि गोरखा जिल्लासित जोडिएको क्षेत्रमा बिहिबार साँझसम्म ३९ शव फेला परेका छन् । गोरखाका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार प्रहरीले त्रिशूली नदीको गोरखातर्फको बगरमा ती शवहरु फेला पारेको हुन् ।

त्रिशूलीमा अधिकांश शवहरु अंगभंग अवस्थामा फेला परेका डिएसपी श्रेष्ठको भनाई छ । ‘हालसम्म फेला परेका ११ वटा सग्ला शवहरु पोखरा पठाएका छौँ । बाँकीको शवहरु अंगभंग अवस्थामा छन् । ती गोरखा अस्पतालको शवगृहमा छन्’, उनले भने ।
शवहरुको खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

प्रहरीले गोरखाको गण्डकी गाउँपालिका वडा नं ८ धवादीघाट, वडा नं ६ भुम्लिचोक, गण्डकी–१ बुट्टार, वडा नं ४ ठेउवाटार र वडा नं ७ ज्यामिरेघाटस्थित त्रिशूली नदी किनारबाट उक्त शवहरू फेला परेका उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्