
बाढी पीडितलाई आरुघाटले ११ लाख ३३ हजार सहयोग गर्ने
आरुघाट गाउँपालिकाले भोटेकोशी बाढीबाट प्रभावित नागरिकहरुलाई ११ लाख ३३ हजार रुपैँया सहयोग गर्ने भएको छ । गाउँपालिकाको आइतबार बसेको बैठकले उक्त निर्णय गरेको हो ।
बाढी प्रभावित नागरिकहरुका लागि गाउँपालिकाभित्रका जनप्रतिनिधिहरुको १० दिन, अधिकृतस्तरका कर्मचारीहरुको ७ दिन, सहायकस्तर कर्मचारीको ५ दिन र अन्य कर्मचारीहरुको दुईदिनको पारिश्रमिक बापत हुन आउने ११ लाख ३३ हजार ३२४ रुपैँया सहयोग गर्न लागेको पालिका अध्यक्ष राजु गुरुङले बताए । बाढीमा परि सम्पर्कबिहीन भएका आरुघाटका तीनजनाको खोजीकार्यका लागि आवश्यक पहल गर्ने निर्णय समेत भएको उनले जानकारी दिए ।




