
इलाका प्रहरी कार्यालय आँबुखैरेनीले लागुऔषध ओसारपसार गरेको आरोपमा एक युवालाई पक्राउ गरेको छ । पृथ्वीराजमार्गमा सवारी चेकजाँचको क्रममा २६७ थान लागुऔषध सहित लम्जुङका एक युवा पक्राउ परेका हुन् । आँबुखैरेनी

गोरखामा रुखबाट लडेर एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा भिमसेनथापा गाउँपालिका–४ धावा बटडाँडा बस्ने ५५ वर्षीय पोष्टबहादुर लामिछाने रहेको प्रहरीले जनाएको छ । शनिवार दिउँसो १२ बजे आफ्नै

गोरखामा स्कृटर दुर्घटनामा परी एक व्यक्ति मृत्यु भएको छ । मंगलबार बिहान अजिरकोट–३ भच्चेक घर भई हाल पालुङटार नगरपालिका–५ हवाईग्राउण्ड बस्ने २४ वर्षिय सुरेश गुरुङको मृत्यु भएको हो ।गुरुङको आँफैले

पालुङटारमा एक पुरुषको शव फेला परेको छ । सोमबार पालुङटार नगरपालिका–६ बडहरे खोलामा पुरुषको शव फेला परेको हो ।अंदाजि ३५ वर्षको देखिने पुरुषको हालसम्म थामथर र ठेगाना पत्ता नलागेको जिल्ला

गोरखामा घाइते अवस्थामा भेटिएका एक बृद्धको मृत्यु भएको छ । गोरखा नगरपालिका–६ काँडेझ्याङ्गका ८५ वर्षिय तोप बहादुर पाठकको मृत्यु भएको हो ।उनी बिहीबार बिहान घाइते अवस्थामा बारीको पाटोमा फेला परेका

बैदेशिक रोजगार ठगीको आरोपमा गोरखाका एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा बारपाक सुलिकोट गाउँपालिका–४ घर भई हाल काठमाडौंको सामाखुसी बस्ने ३७ बर्षीय राजेश बराम रहेको प्रहरीले जनाएको छ

गोरखा नगरपालिका–५ स्थित बोहोराबेसी सामुदायिक बाल बिकास केन्द्रमा अध्ययनरत बिद्यार्थीलाई न्यायो कपडा वितरण गरिएको छ । वडा कार्यालयले उनीहरुलाई न्यायो कपडा वितरण गरेको हो । सोमवार बिद्यालयमा आयोजित एक कार्यक्रमकाबीच

१५ बर्षीया छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । ३६ बर्षीय उनलाई आइतवार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पीडित वालिकाले दिएको जाहेरीका आधारमा

प्रहरीले वैदेशिक रोजगारी ठगीको अभियोगमा गोरखाका दुई सहित चार जनालाई पक्राउ गरेको छ । विभिन्न देश पठाउने भन्दै ६६ लाख ८० हजार ठगी गरेको अभियोगमा उनीहरुलाई बुधबार पक्राउ गरेको हो

गोरखाका ११ वटै स्थानीय तहहरुको वेबसाइट ह्याक भएको छ । गत आइतबारदेखि गोरखा लगायत देशभरका अधिकांश स्थानीय निकायहरूको वेबसाइट एकसाथ ह्याक भएको हो ।ती वेबसाइटहरू चिनियाँ ह्याकरको नियन्त्रणमा रहेको पाइएको