| मङ्लबार, कार्तिक २४, २०८३

बैदेशिक रोजगार ठगीको आरोपमा गोरखाका एक व्यक्ति पक्राउ

बैदेशिक रोजगार ठगीको आरोपमा गोरखाका एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा बारपाक सुलिकोट गाउँपालिका–४ घर भई हाल काठमाडौंको सामाखुसी बस्ने ३७ बर्षीय राजेश बराम रहेको प्रहरीले जनाएको छ ।

बरामले बेरोजगार युवाहरुलाई पोल्याण्ड पठाइदिने भन्दै आफ्नोसहित बिभिन्न व्यक्तिको खातामा रकम जम्मा गर्न लगाई सम्पर्कविहीन भएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

सोमवार टेकुबाट पक्राउ परेका बरामलाई थप अनुसन्धान तथा कारवाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको प्रहरी उपरीक्षक काजीकुमार आचार्यले बताए । उनीबिरुद्ध ८ लाख ९० हजार बिगो रकम माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्