| बुधबार, कार्तिक २५, २०८३

गोरखाका समाचार

शैलपुत्रीमा मानव अधिकारका बारेमा विद्यार्थीसँग अन्तरक्रिया

मानव अधिकार सञ्जाल गोरखाद्वारा शैलपूत्री मावि देउरालीमा मानव अधिकार, बाल अधिकार र नेपालको संविधान विषयक अन्तक्रिया कार्यक्रम भएको छ । कक्षा ११ र १२ मा पढ्ने विद्यार्थीहरुसँग अन्तक्रिया गरिएको थियो

गोरखा प्रहरीले पिडित भेटघाट अभियान चलाउने

गोरखामा नयाँ आएका प्रहरी प्रमुख एसपी केदार खनालले जिल्लाका पिडितहरुको अबस्थाबारे घरदैलोमै भेट्ने अभियान चलाउने जनाएका छन् । बिहिबार गोरखाका पत्रकारहरुसितको भेटघाट कार्यक्रममा उनले समाजमा हुने अपराध न्यूनिकरण गर्ने आफ्नो

कालोपत्रे भएको सडकमा भाडा घटाउन प्रजिअसंग नागरिक समाजको अनुरोध

गोरखा सदरमुकाम भएर बिभिन्न ठाउँमा जाने पक्की सडकमा भाडा घटाउन गोरखाका नागरिक समाजले प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएका छन् । नागरिक साझा सवालको अगुवाईमा पत्रकार महासंघ गोरखा, गैरसरकारी संस्था महासंघ,

आमा बाबुको सम्झनामा मानव सेवा आश्रमको एउटा कोठा बनाउन पाँच लाख सहयोग

मानव सेवा आश्रम गोरखाको भबन निर्माणका लागि एउटा कोठा निर्माण गर्न पाँच लाख ११ हजार एक सय ११ रुपैयाँ सहयोग जुटेको छ । गोरखा नगरपालिका ७ नयाँ बजार घर भई

कांग्रेसको पालिका स्तरीय निर्वाचन केन्द्रित कार्यक्रम शहीदलखनमा

गोरखाको बिभिन्न पालिकामा स्थानीय तहको निर्वाचन केन्द्रित कार्यक्रम गर्दै आएको कांग्रेसले बिहिवार शहीदलखन गाउँपालिकामा कार्यक्रम गरेको छ । शहीदलखन गाउँपालिकाका पार्टी सभापति काशिनाथ अम्गाईको अध्यक्षता र केन्द्रिय सदस्य चिनकाजी श्रेष्ठको

अपराध न्यूनिकरण मेरो प्राथमिकता : एसपी खनाल

गोरखामा नयाँ आएका प्रहरी प्रमुख एसपी केदार खनालले अपराध न्यूनिकरण आफ्नो पहिलो प्राथमिकता रहेको बताएका छन् । बिहिवार पत्रकारहरु सँगको भेटघाटमा उनले भने ‘समाजमा हुने अपराध न्यूनिकरणमा मेरो पहिलो प्राथमिकता

प्राध्यापक संघ गोरखा क्याम्पस इकाईमा अधिकारी

गोरखा क्याम्पसको प्राध्यापक संघ क्याम्पस इकाई समिति अध्यक्षमा रमेश अधिकारी चयन भएका छन् । इकाईको उपाध्यक्षमा विदुर बानियाँ, सचिव सञ्जय अधिकारी, सहसचिव सुशील अर्याल, कोषाध्यक्षमा पार्वती शाही चयन भएका छन्

वाइसीएल नेपाल धार्चेको संयोजकमा सुशील गुरुङ

योङ कम्युनिष्ट लिग(वाइसीएल) नेपाल धार्चे गाउँपालिका कमिटीको संयोजकमा सुशील गुरुङ चनय भएका छन् । धार्चे गाउँपालिकाको माछाखोलामा बुधबार सम्पन्न भएको पार्टीको भेलाले गुरुङको अध्यक्षतामा ७१ सदस्यीय कमिटी गठन गरेको हो

उद्योग वाणिज्य संघ स्थापना दिवसको अवसरमा स्टेशनरी सामाग्री वितरण

गोरखा उद्योग वाणिज्य संघ गोरखाको स्थापना दिवसको अवसरमा विन्दवासिनी माविका विद्यार्थीहरुलाई स्टेशनरी सामाग्री वितरण गरिएको छ । संस्थाको ४८ औँ स्थापना दिवसको अवसरमा गोरखा नगरपालिका वडा ३ नारेश्वरमा रहेको विन्ध्यावासिनी

काकाले चिपर्ट हान्दा भतिजोको मृत्यू

काका भतिज बिच सामान्य बिवाद हुँदा गोरखा नगरपालिका १२ छापगाउँका ४६ वर्षिय काशीराम कुमालको हत्या भएको छ । अत्याधिक मदिरा सेवन गरेका काका नाता पर्ने ५९ वर्षिय पदमबहादुर कुमालले चिपर्टले