
अपराध न्यूनिकरण मेरो प्राथमिकता : एसपी खनाल
गोरखामा नयाँ आएका प्रहरी प्रमुख एसपी केदार खनालले अपराध न्यूनिकरण आफ्नो पहिलो प्राथमिकता रहेको बताएका छन् । बिहिवार पत्रकारहरु सँगको भेटघाटमा उनले भने ‘समाजमा हुने अपराध न्यूनिकरणमा मेरो पहिलो प्राथमिकता हुनेछ, हिंसा न्यूनिकरणमा जोड दिन्छु ।’
चैत १ गतेदेखि गोरखा प्रहरीले पिडितको अवस्थाबारे जानकारी लिने नयाँ कार्यक्रम थाल्ने उनले बताए । ‘बलात्कार, हिंसा वा अन्य कुनैपनि घटनामा पिडक कारागारमा वा अन्यत्र होला तर पिडितको अवस्था कस्तो छ, के गरिरहेका छन्? कसरी बसेका छन् ? अवस्था के छ भन्ने बुझ्न प्रहरी पिडितको घरमा पुग्ने, भेट्ने अभियान सुरु गर्दैछु ।’ प्रहरीले पिडितको बिवरण तयार गरेर घरघर पुग्ने योजना बनाएको उनले बताए ।
‘फारर प्रतिवादी नियन्त्रणको अभियानमा पनि हामी सक्रिय हुनेछौँ’ एसपी खनालले भने । कानुन कार्यन्वयन गर्ने र कानुन बिपरितको काम गर्नेलाई दण्डित गर्ने उनले बताए । नागरिकको सेवा पहिलो प्राथमिकता रहेको बताउँदै उनले सबै पक्ष र क्षेत्र सँगको सल्लाह, सहकार्यमा आफु अघि बढ्ने बताए ।
‘प्रहरीलाई ब्यवशायीक बनाउने मेरो योजना हुनेछ’ उनले भने ‘सुचना सहज उपलब्ध गराउनेमा मेरो प्रयत्न रहेनछ ।’ प्रहरीले गर्दै आएका राम्रा काम र गर्नुपर्ने जिम्मेवारीलाई पुरा गर्दै अघि बढ्ने उनले बताए । यस अघि प्रहरी निरीक्षक रहँदा पनि गोरखा बसेका एसपी केदार खनाल जिल्लाको भौगोलिक बस्तुस्थित सँग परिचित छन् ।




