| सोमवार, कार्तिक २३, २०८३

वाइसीएल नेपाल धार्चेको संयोजकमा सुशील गुरुङ

योङ कम्युनिष्ट लिग(वाइसीएल) नेपाल धार्चे गाउँपालिका कमिटीको संयोजकमा सुशील गुरुङ चनय भएका छन् । धार्चे गाउँपालिकाको माछाखोलामा बुधबार सम्पन्न भएको पार्टीको भेलाले गुरुङको अध्यक्षतामा ७१ सदस्यीय कमिटी गठन गरेको हो ।

कमिटीको उपाध्यक्षमा शिवराम गुरुङ, छविलाल गुरुङ, जीतबहादुर गुरुङ चयन भएका छन् । कमिटीको सचिवमा धनराज घले, सहसचिव धनकुमार गुरुङ, सुशील गुरुङ, मनुमान गुरुङ, यम गुरुङ, सुकपाल गुरुङ, वुद्धिमान विक, दिपेन्द्र गुरुङ चयन भएको पार्टीका गाउँपालिका अध्यक्ष सूर्यबहादुर गुरुङले जानकारी दिए ।

पार्टीको विधानअनुसार तीनजना उपाध्यक्ष र सातजना सहसचिवको चयन गरिएको र कोषाध्यक्ष भने अर्को वैठकले निर्णय गर्ने उनले बताए । आगामी स्थानीय तहलाई लक्षित गरी पार्टीको विभिन्न भातृ संगठन, कमिटी गठन गर्ने प्रक्रिया जारी रहेको पनि उनले जानकारी दिए ।

पार्टीको धार्चे गाउँपालिका युवा इन्चार्ज सन्तबहादुर गुरुङको अध्यक्षता तथा नेकपा माओवादी केन्द्रको प्रदेश कमिटी सदस्य लक्ष्मण गुरुङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वाईसीएलका केन्द्रीय समिति सदस्य तथा गोरखा जिल्ला वाइसीएल इन्चार्ज गुणराज खनाल, पार्टीको धार्चे गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर गुरुङ, उपाध्यक्ष धनकुमार गुरुङ, पार्टीको वडा ४ अध्यक्ष किसान गुरुङ, दिनेश गुरुङलगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्