| सोमवार, कार्तिक २३, २०८३

कालोपत्रे भएको सडकमा भाडा घटाउन प्रजिअसंग नागरिक समाजको अनुरोध

गोरखा सदरमुकाम भएर बिभिन्न ठाउँमा जाने पक्की सडकमा भाडा घटाउन गोरखाका नागरिक समाजले प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएका छन् । नागरिक साझा सवालको अगुवाईमा पत्रकार महासंघ गोरखा, गैरसरकारी संस्था महासंघ, मानव अधिकार तथा शान्ति समाज र सोच नेपालले संयुक्त रुपमा प्रशासनको ध्यानाकर्षण गराएका हुन् ।

गोरखादेखि भच्चेक,बुङकोट, घ्याम्पेशाल, पालुङटार लगायत बिभिन्न ठाउँमा सडक कालोपत्रे भएको तर कच्ची अबस्थामा हुँदा निर्धारण गरेको भाडा लिने गरेकाले भाडादर पुनर्निर्धारण गर्न प्रजिअलाई अनुरोध गरिएको छ । बैज्ञानिक भाडादर कायम गरी कार्यान्वयन गर्न प्रजिअको ध्यानाकर्षण गराइएको छ ।

यस्तै १२ वर्ष मुनिका बालवालिकालाई कोभिड बिरुद्धको खोप तत्काल लगाउनु पहल गरिदिन पनि नागरिक समाजका अगुवाहरुले अनुरोध गरेका छन् ।

सरकारले घोषणा गरेको स्थानीय तहको निर्वाचनका लागि चुनावी कार्यक्रम सुरु भइसकेकाले यस समयमा हुन सक्ने मुठभेड र जनताको जिउधनको रक्षाका लागि ध्यान दिन ध्यानाकर्षण पत्रमा अनुरोध गरिएको छ । नागरिक साझा सबाल गोरखाका संयोजक स्थानेश्वरदुवाडीले प्रजिअ शंकरहरी आचार्यलाई पत्र बुझाएका हुन् ।

प्रमुख जिल्ला अधिकारी आचार्यले यी तीनवटै विषयमा आफु संवेदनशिल रहेको र काम गरिरहेको बताए । बैज्ञानीक भाडादर कायम गर्न छलफल गरिरहेको बताउँदै उनले चुनाव लक्षित योजना र शान्ति सुरक्षाको बारेमा आफु संवेदनशिल भएको बताए ।

प्रतिक्रिया दिनुहोस्