| बुधबार, कार्तिक २५, २०८३

गोरखाका समाचार

प्रथम मिस्टर बी अन्तर विद्यालय गोर्खाली कप सुरु

जिल्ला सदरमुकामको हरमटारी खेलमैदानमा प्रथम मिस्टर बी अन्तर विद्यालय गोर्खाली कप फुटवल प्रतियोगिता शुरु भएको छ । हरमटारी क्लवको आयोजनामा शुरु भएको प्रतियोगिताको पहिलो दिन मंगलवार एक खेल मात्र भएको

दुई लाख खर्चेर हरमटारीको मुख्य सडकको दाया बाँया ७५ वटा गमला राखियो

दुईलाख रकम खर्चेर गोरखा नगरपालिकाले बजार क्षेत्रमा गमला राखेको छ । हरमटारी प्रतिक्षालयचोकदेखि शहिदगेटसम्मको मुख्य सडक दायाँवाया गमला राखिएको नगरपालिकाले जनाएको छ । ‘ठुलोआँगनको केही भागमा पनि गमला राखेका छौ,’

सहिदलखनका सार्की काठमाडौंको गोंगबुस्थित एक होटलमा मृत फेला

गोरखा सहिदलखन गाउँपालिका वडा नं १ घर भएका दिनेश सार्की काठमाण्डौमा मृत फेला परेका छन् । काठमाडौंको गोंगबुस्थित एक होटलमा काकी सहित तनहुँ व्यास नगरपालिका–१० दमौली घर भएकी मुस्कान वयक

गोरखामा पालिकाहरुको अकर्मण्यताले एकबर्षदेखि कित्ताकाट रोकियो, सेवाग्राही मर्कामा

कित्ताकाट रोकिएको एक बर्ष गुज्रिसक्दा पनि पालिकाहरुले जग्गा वर्गीकरणको काम नगर्दा कित्ताकाट सुचारु हुन सकेको छैन । पालिकाको अकर्मण्यताले कित्ताकाट रोकिँदा सर्वसाधारणको पुख्र्यौली जग्गाको अंशवण्डा हुन सकेको छैन भने अदालतबाट

गोरखा नगरपालिकामा मेलमिलाप सम्बन्धी आठ दिने आधारभूत तालिम सुरु

गोरखा नगरपालिकामा मेलमिलाप सम्बन्धी आधारभूत तालिम सुरु भएको छ । गोरखा नगरपालिकाको आयोजना तथा प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण समाज नेपालको सहजीकरणमा सोमबारबाट तालिम सुरु भएको हो । असार ४ गतेसम्म

गोनपा १२ मा पाँच दिने झोल साबुन बनाउने तालिम सम्पन्न

गोरखा नगरपालिका–१२ शिखरडाँडामा संचालन भएको महिला उद्यमी सम्बन्धी ५ दिने झोल साबुन बनाउने तालिम सम्पन्न भएको छ । सत्यदेवी महिला समूहको आयोजना तथा गोरखा नगरपालिकाको आर्थिक सहयोगमा भएको तालिमको सोमबार

गोरखामा उद्यमशीलता विकास तालिम सम्पन्न

गोरखा सदरमुकाममा संचालित सात दिने उद्यमशीलता विकास तालिम सम्पन्न भएको छ । लघु घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्र र गोरखा उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा तालिम संचालन भएको हो

सदरमुकामका सात विद्यालयका ७८ विद्यार्थीलाई गडहेड्सद्वारा सहयोग

गोरखा जिल्ला शिक्षा तथा स्वास्थ्य विकास परियोजना(गडहेड्स)ले गोरखा सदरमुकामका सात विद्यालयमा अध्ययनरत ७८ जना विद्यार्थीलाई पोशाक तथा स्टेशनरी सामग्री प्रदान गरेको छ । सोमबार बालमन्दिर माविमा आयोजित एक समारोहका बीच

गोरखामा अनुमति लिएको स्थानभन्दा अन्यत्र चलेका एम्वुलेन्सलाई कारवाही गरिने

अनुमति लिएको स्थानभन्दा अन्यत्र संचालन भएका एम्वुलेन्सलाई कारवाही गरिने भएको छ । जिल्ला एम्वुलेन्स व्यवस्थापन समितिको शुक्रवारको बैठकले जिल्लाबाहिर रही संचालनमा रहेका एम्वुलेन्सलाई नियन्त्रणमा लिन जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई अनुरोध

काशीगाउँका तीन विद्यालयलाई फर्निचर लगायतका सामग्री प्रदान

धार्चे गाउँपालिका–६ काशीगाउँका तीन वटा विद्यालयलाई फर्निचर लगायतका सामग्री प्रदान गरिएको छ । मन्जुश्री मावि, चन्द्रदेवी र सूर्यदेवी आधारभूत बिद्यालयलाई उक्त सामग्री वितरण गरिएको हो । एलजास नेपालको आर्थिक सहयोग,