
काशीगाउँका तीन विद्यालयलाई फर्निचर लगायतका सामग्री प्रदान
धार्चे गाउँपालिका–६ काशीगाउँका तीन वटा विद्यालयलाई फर्निचर लगायतका सामग्री प्रदान गरिएको छ । मन्जुश्री मावि, चन्द्रदेवी र सूर्यदेवी आधारभूत बिद्यालयलाई उक्त सामग्री वितरण गरिएको हो ।
एलजास नेपालको आर्थिक सहयोग, हिमाली साइनो फाउण्डेसन र लेस विस्तारित संस्थाको सहकार्यमा सामग्री वितरण भएको हो ।
फाउण्डेसनका अध्यक्ष धनप्रसाद गुरुङ र लेस विस्तारित संस्थाका संस्थापक संयोजक इत्ता गुरुङले केहि दिन सो सामग्री वडा कार्यालयलाई हस्तान्तरण गरेका थिए ।
आइतवार एक कार्यक्रमका बिच दराज, कुर्ची, फिल्टर, स्पीकर लगायतका सामग्री विद्यालयलाइ हस्तान्तरण गरेका छन् । करिव चार लाख बराबरको उक्त सामग्री सम्बन्धित बिद्यालयलाई हस्तान्तरण गरिएको वडाध्यक्ष धनकुमार घलेले बताए ।




