| बुधबार, कार्तिक २५, २०८३

सहिदलखनका सार्की काठमाडौंको गोंगबुस्थित एक होटलमा मृत फेला

गोरखा सहिदलखन गाउँपालिका वडा नं १ घर भएका दिनेश सार्की काठमाण्डौमा मृत फेला परेका छन् । काठमाडौंको गोंगबुस्थित एक होटलमा काकी सहित तनहुँ व्यास नगरपालिका–१० दमौली घर भएकी मुस्कान वयक मृत अवस्था फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक सीताराम रिजालले बताए ।

टोखा नगरपालिका–९ स्थित ग्रिन नेपाल होटलमा सोमबार बिहान युवायुवती मृतावस्थामा फेला परेका उनले जानकारी दिए । प्रवक्ता रिजालले टोखा नगरपालिका–९ स्थित ग्रिन नेपाल होटलको कोठाभित्रको बाथरुममा केटा र कोठाभित्र केटी झुन्डिएको अवस्थामा फेला परेको जानकारी दिए ।

बिहान होटलका कामदारले खाना खानका लागि बोलाउन जाँदा नबोलेपछि प्रहरीलाई खबर गरेर ढोका फुटाउँदा महिला कोठाभित्र र पुरुष बाथरुमभित्र चुकुल लगाएर झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्