
मनसुनजन्य विपदबाट प्रभावित हुनसक्ने स्थानमा बसोवास गर्नेहरुलाई तत्काल उद्वार तथा स्थानान्तरणको लागि आवश्यक तयारीमा रहन सम्बन्धित निकायहरुलाई आग्रह गरिएको छ । बिहीवार बसेको विपद व्यवस्थापन समिति बैठकले उद्धार तथा स्थानान्तरणका

आत्महत्याबाट मृत्यु भएको भन्दै दाहसंस्कार गरी जमिनमा गाडिएको एक महिलाको शव गोरखा प्रहरीले बरामद गरेको छ । बारपाक सुलिकोट गाउँपालिका–४ भण्डारी गाउँका ४६ बर्षीय मारज गुरुङकी श्रीमती रनमाया गुरुङको शव

बाढी नियन्त्रणका लागि ग्याविन वाल लगाउन जेसिभी उपलब्ध नगराएको भन्दै किसानहरुले गोरखा नगरपालिकाको कार्यालय परिसरमा रोपाई गरेका छन् । गोरखा नगरपालिका वडा नम्वर ३ र ५ का किसानहरुले बिरोध स्वरुप

अजिरकोट गाउँपालिकामा निशुल्क स्वास्थ्य बिमा अभियान संचालन भएको छ । पालिकाभित्रका दलित तथा विपन्न समुदायलाई स्वास्थ्य बिमाको दायरामा ल्याउने उदेश्य सहित अभियान संचालन गरिएको गाउँपालिका अध्यक्ष दिपक देवकोटाले बताए ।

दश दिनको अवधिमा जिल्लाभर १२ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय गोरखाको तथ्याङ्क अनुसार साउन १ गतेदेखि १० गतेसम्म १२ जनामा डेंगु संक्रमण पुष्टी भएको हो ।

एचआईभी र एड्सको क्षेत्रमा काम गर्दै आएको एड्स हेल्थकेयर फाउण्डेशले नेपाल सहित बिभिन्न देशमा २० लाख व्यक्तिको हेरचाह गरिरहेको छ । सन् २००९ बाट नेपालमा एचआइभीको क्षेत्रमा काम गर्न थालेको

भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र गोरखाले यो बर्ष बाख्रापालन लक्षित कार्यक्रम ल्याएको छ । कार्यक्रमका लागि चालु आर्थिक बर्ष १ करोड १६ लाख रकम विनियोजन भएको कार्यालयले जनाएको

पालुङटार नगरपालिका–४ मा रहेको गोरखा बहुप्राविधिक शिक्षालयका प्रशिक्षक आशिष रानाभाटमाथि हातपात भएको छ । नेपाल बिद्यार्थी संघ निकट युवाहरुले बिहीवार दिउँसो शिक्षालय परिसरमै पुगेर उनीमाथि हातपात गरेका हुन् ।दुई जना

पालिकामा कार्यरत आठ जना करारका कर्मचारीहरुको चालु आर्थिक बर्ष म्याद थप नगर्ने अजिरकोट गाउँपालिकाको निर्णयप्रति नेपाली कांग्रेस अजिरकोट गाउँ कार्यसमितिले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । पालिकालाई ज्ञापन पत्र बुझाउँदै

स्रोत नखुलेको १२ लाख नगदसहित तनहुँबाट दुईजना पक्राउ परेका छन् । तनहुँको व्यास नगरपालिका-३ दुर्गामन्दिरस्थित सडकबाट जिल्ला प्रहरी कार्यालयले बुधबार उनीहरूलाई पक्राउ गरेको हो । उक्त कार्यालयका अनुसार रोल्पाको माडी