| मङ्लबार, कार्तिक २४, २०८३

एड्स हेल्थकेयर फाउण्डेशनद्धारा २० लाख व्यक्तिको हेरचाह

एचआईभी र एड्सको क्षेत्रमा काम गर्दै आएको एड्स हेल्थकेयर फाउण्डेशले नेपाल सहित बिभिन्न देशमा २० लाख व्यक्तिको हेरचाह गरिरहेको छ ।

सन् २००९ बाट नेपालमा एचआइभीको क्षेत्रमा काम गर्न थालेको यस संस्थाले गोरखामा भने सन् २०२४ जनवरीबाट मात्र सेवा सुरु गरेको हो । संस्थाले हेरचाह गर्ने व्यक्तिको संख्या २० लाख पुगेको अवसरमा वुधवार गोरखा अस्पतालमा बिशेष कार्यक्रमको आयोजना गरिएको थियो ।

कार्यक्रममा अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. सिदार्थ खनाल, शाखा प्रमुख लगायतको उपस्थिती रहेको थियो । यस उपलब्धीलाई ३१ जुलाईमा काठमाडौंमा एक समारोहकाबीच औपचारिक रुपमा मनाइने संस्थाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्