
उत्तरी गोरखाको चुमनुव्री गाउँपालिकामा मोबाइल सेवा अवरुद्ध भएको छ । सोमवारबाट सेवा अवरुद्ध भएको स्थानीयले बताएका छन् । ‘हिजो साँझ चार बजेतिरबाट फोनमा टावर छैन’, चुमनुब्री ३ फिलिमका सुजन गुरुङले

स्थानीय जडीबुटीहरुको पहिचान, प्रयोग र संरक्षणका सम्बन्धमा फिनामबासीलाई अभिमुखीकरण गराइएको छ । आयुर्वेद स्वास्थ्य केन्द्र गोरखा घैरुङ शाखाको आयोजनामा मंगलबार गोरखा नगरपालिका वडा नं ४ फिनाममा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको

जिल्ला प्रहरीले बरामद गरेको क्वार्ज क्रिष्टल यही चैत्र १७ गते गोरखा दरवारमा राख्ने तयारी गरिएको छ । आवश्यक तयारी लगभग पूरा भएको गोरखा नगरपालिकाका मेयर कृष्ण रानाले बताए । ‘क्वार्ज

बेस्ट मन्टेश्वरी गोरखाकी सञ्चालक कल्पना श्रेष्ठले यस बर्षको नेशनल एजुकेशन एवार्ड प्राप्त गरेकी छिन् । मंगलबार राजधानी काठमाडौँमा आयोजित एक समारोहमा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले उनलाई एवार्ड प्रदान गरेका हुन् ।

शैक्षिक गुणस्तर वृद्धिका लागि जिल्लाका स्थानीय तहहरुले विभिन्न खालका कार्यक्रमहरु घोषणा गरिरहेका छन् । बिशेष गरी सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर उकास्न र सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन पालिकाहरुले विभिन्न योजनाहरु

नगर क्षेत्रभित्रका खेतीयोग्य जमिन बाँझो राख्न नदिन गोरखा नगरपालिकाले बिशेष योजना ल्याएको छ । खेतीयोग्य बाँझो जमिनको भूमि बैँक निर्माण गरी खेती गर्न चाहने किसानलाई भाडामा उपलब्ध गराउने भएको छ

बारपाक सुलिकोट गाउँपालिका–३ चित्रेगाउँका स्थानीयलाई लक्षित गरी वित्तीय साक्षरता सम्बन्धी अभिमुखिकरण गरिएको छ । बाह्रमुले युवा क्लवको आयोजनामा आइतवार कार्यक्रम भएको हो । समुदायमा वित्तीय ज्ञान नहुँदा ऋिण लिने, फिर्ता

सदियौँदेखि जरा गाढेर रहेको जातीय भेदभाव नष्ट गर्न सामुहिक पहलको खाँचो रहेको भीमसेन थापा ५ बगुवाका बासिन्दाले माग गरेका छन् । सोमबार बगुवामा आयोजित दलित, गैरदलित बीचको अन्तरक्रिया कार्यक्रममा बोल्दै

लागुऔषध कारोबारीलाई शून्य पार्ने अभियान सञ्चालन गरिरहेको इलाका प्रहरी कार्यालय आँबुखैरेनी तनहूँले तीनजना कारोबारीलाई पक्राउ गरेको छ । आँबुखैरेनीको बाटो प्रयोग गरेर लागुऔषध ओसारपोसार पूर्णरुपमा बन्द गर्ने अभियानमा लागेको प्रहरीले

गोरखाको गण्डकी गाउँपालिका–१ बुटारमा सुपर त्रिशुली जलविद्युत आयोजना निर्माणको काम अघि बढेको छ । १९ अर्व लागतमा ब्लु इनर्जी प्रालिले आयोजना निर्माण थालेको हो । उक्त आयोजना १०० मेगावाट क्षमताको