| सोमवार, कार्तिक २३, २०८३

देशमा आज

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन

 राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को प्रतिनिधिसभा विघटन गरेकी छिन् । मन्त्रिपरिषद्को सिफारिसमा आइतबार राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेकी हुन् । राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गरी प्रतिनिधिसभा विघटन गरिएको जनाएको छ । विज्ञप्तिमा राष्ट्रपति भण्डारीले

२०७८ वैशाख १७ र २७ गते दुई चरणमा प्रतिनिधि सभाको चुनावको मिति तोकियो

 राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा संसद विघटन गरी दुई चरणमा २०७८ वैशाख १७ र २७ गते प्रतिनिधिसभभा चुनावको मिति तोकेकी छन् । राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा सरकारको सिफारिसमा दुई चरणमा

आकस्मिक रुपमा मन्त्रिपरिषद्को बैठक, संसद विघटनको सिफारिससँगै देशभर सर्कुलर

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बिहान आकस्मिक रुपमा मन्त्रिपरिषद्को बैठक बोलाइ संसद विघटन गर्न सिफारिस गर्ने निर्णय गरेका छन्। सरकारले संसद विघटनको सिफारिस गरेसँगै प्रहरीले देशभर सुरक्षा सतर्कता बढाउन सर्कुलर

संसद्‍ विघटन प्रस्तावपछि आन्तरिक छलफलमा जुटिन् राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटनसम्बन्धी प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तावमा आन्तरिक छलफल सुरु गरेकी छन् । प्रधानमन्त्री ओली राष्ट्रपतिलाई विघटनसम्बन्धी प्रस्ताव बुझाएर फर्किएपछि आन्तरिक छलफलमा जुटेकी हुन् । ‘राष्ट्रपतिबाट प्रधानमन्त्रीको

राजीनामा दिने पाँच जना मन्त्रीको तयारी

संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले सिफारिस गरेपछि पूर्वमाओवादी पक्षका ५ जना मन्त्रीले राजीनामा दिने भएका छन् । त्यसका लागि उनीहरुले आन्तरिक छलफल गरिरहेको एक मन्त्रीले रातोपाटीलाई जानकारी दिए

सेनाको पीएसओ बैठकमा संसद विघटनबारे छलफल

नेपाली सेनाका मुख्य सैनिक अधिकृत (पीएसओ) बिच समसामयिक परिस्थिति र त्यसले निम्तिन सक्ने सुरक्षा अवस्थाबारे छलफल भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको सिफारिस राष्ट्रपति समक्ष बुझाएपछिको सुरक्षा

संविधानविद् भन्छन्– संसद विघटन गर्ने विशेषाधिकार प्रधानमन्त्रीसँग छैन

 प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा आइतबार बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले संसद विघटन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेपछि राजनीतिक वृत्तमा नयाँ तरङ्ग उत्पन्न भएको छ ।सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी

स्थायी कमिटी बैठकअघि नेकपाका दुई अध्यक्ष बालुवाटारमा छलफलमा जुटे

मन्त्रिपरिषद्‍बाट संसद विघटनको प्रस्ताव शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएर बालुवाटार फर्केका प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालसँग छलफलमा जुटेका छन्। प्रधानमन्त्री ओलीका सञ्चार बिज्ञ

वैशाख २३ मा चुनाव गर्न प्रधानमन्त्रीको सिफारिस

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन र प्रतिनिधिसभाको अर्को चुनाव वैशाख २३ गते गर्न सिफारिश गरेका छन् । प्रतिनिधिसभा विघटनको ६ महिनाभित्र अर्को चुनाव गर्न यस्तो सिफारिश गरिएको श्रोतलाई हवाला

क्याबिनेटमा ४ मन्त्रीको प्रतिवाद : यो सामूहिक आत्महत्या हो

आइतबार बिहान नौ बज्दा नबज्दै मन्त्रीहरूलाई एसएमएस आयो, बिहान पौने १० बजे मन्त्रिपरिषद् बैठक । दिउँसो बालुवाटारमै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक बोलाइएको थियो । त्यसैले कतिपय