| सोमवार, कार्तिक २३, २०८३

संसद्‍ विघटन प्रस्तावपछि आन्तरिक छलफलमा जुटिन् राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटनसम्बन्धी प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तावमा आन्तरिक छलफल सुरु गरेकी छन् । प्रधानमन्त्री ओली राष्ट्रपतिलाई विघटनसम्बन्धी प्रस्ताव बुझाएर फर्किएपछि आन्तरिक छलफलमा जुटेकी हुन् ।

‘राष्ट्रपतिबाट प्रधानमन्त्रीको सिफारिश सम्बन्धमा निर्णय भइसकेको छैन’ राष्ट्रपतिका सूचना तथा सञ्चार विज्ञ टीकाप्रसाद ढकालले इकागजसँग भने, ‘प्रस्तावबारे निर्णय लिन हतारिनु भएन ।’ उनले प्रस्तावबारे आन्तरिक छलफल चलिरहेको जानकारी दिँदै निर्णयमा केही समय लाग्‍ने बताए ।

प्रस्तावबारे संविधान तथा कानूनका विज्ञ र राजनीतिक दलहरुसँग परामर्श हुन्छ कि भन्‍ने प्रश्नमा ढकालले भने, ‘संविधानले त्यसरी व्यापक रुपमा छलफल गर्न सक्ने अधिकार दिएको छैन । बरु अन्तरिम संविधानमा परामर्श गर्ने ठाउँ थियो ।’ राष्ट्रपतिले अनौपचारिक आवश्यक परामर्श गर्ने ठाउँ भए पनि औपचारिक व्यापक परामर्श गर्न नसकिने ढकालले बताए ।

प्रतिक्रिया दिनुहोस्