| सोमवार, कार्तिक २३, २०८३

गोरखाका समाचार

सार्वजनिक जग्गा खालि गर्न धमाधम सूचना निकाल्दै पालिकाहरु पालुङटारमा नापजाँच समेत सुरु

अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा खालि गर्न जिल्लाका स्थानीय तहहरुले धमाधम सूचना जारी गरेका छन् । पालुङटार नगरपालिका र शहिद लखन गाउँपालिकाले सूचना जारी गरिसकेका छन् भने अन्य पालिका तयारीमा

लुगा सिउन सिक्दै हिमालपारिका महिला

हातले बुनेको कपडाले निर्वाह गर्दै आएका हिमालपारि छेकम्पारका महिलाहरु अहिले पहिलो पटक मेसिन प्रयोग गरेर लुगा सिलाउन सिक्दैछन् । सिलाइ कटाइको महत्व बुझेपछि महिलाहरु पयरे मेसिन प्रयोग गरी लुगा सिलाउन

आचार्यद्वारा छात्रवृत्तिका लागि अक्षयकोष स्थापना

गोरखा नगरपालिका–७ धारापानी निवासी रामचन्द्र आचार्यले छात्रवृत्तिका लागि अक्षयकोष स्थापना गरेका छन् । गोनपा–६ पाटेचौरस्थित शक्ति माध्यमिक विद्यालयमा उनले श्रीमती र आफ्नो नाममा ३ लाख २५ हजार रकम बराबरको अक्षयकोष

ट्रकको ठक्करबाट मान्बुका तीन बर्षीय बालकको मृत्यु

गोरखा नगरपालिका–८ फुलवारी पाठशाला नजिकै मिनि ट्रकको ठक्करबाट तीन बर्षीय बालकको मृत्यु भएको छ । आरुघाट गाउँपालिका–१ धुन्चेत घरभई हाल गोरखा सदरमुकाम बस्ने युहन्ना गुरुङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको

दुर्घटना कुर्दै सडक, ठेकेदारले काम नगर्दा जोखिम बढ्दो

अस्पालचोकदेखि आहाले जाने सडकखण्ड अन्तरगत बराह नजिकै भासिएको सडक मर्मत नहुँदा दुर्घटना जोखिम बढेको छ । सडक भासिएको दुई बर्षमा पनि मर्मत नभएको भन्दै स्थानीय आक्रोशित छन् । सो क्षेत्रमा

गोनपा–११ को मनपरी : बिना अनुमति वन क्षेत्रमा धमाधम पक्की संरचना सम्पर्कमा आउन चाहेनन् वडाध्यक्ष

गोरखा नगरपालिका वडा नम्वर ११ ले बिना अनुमति वन क्षेत्रमा धमाधम पक्की संरचना निर्माण गरिरहेको छ । काम रोक्न डिभिजन वन कार्यालयले पटक पटक दिएको निर्देशन लत्याउँदै पन्ध्रकिलोस्थित ओख्लेपाखा सामुदायिक

एकै दिन दुई रतुवा मृगको उद्धार

गोरखा नगरपालिकाबाट एकै दिन दुई वटा रतुवा मृगको उद्धार गरेको छ । दुई छुट्टछुट्टै स्थानबाट उनीहरुलाई उद्धार गरिएको डिभिजन वन कार्यालयले जनाएको छ । ‘एउटालाई गोरखा बजारको प्रतिक्षालयचोकस्थित टिभिएस सोरुम

आँपपिपल अस्पतालमा स्वास्थ्य बिमाको औषधी लिन बिरामी स्वयम उपस्थित हुनुपर्ने

आँपपिपल अस्पतालले स्वास्थ्य बिमाको औषधी लिन सम्बन्धित बिरामी नै उपस्थित हुनुपर्ने बाध्यकारी नियम बनाएको छ । मंगलवार एक सूचना जारी गर्दै स्वास्थ्य बिमा कार्यक्रममा आवद्ध बिरामीहरुलाई औषधी पुनः भर्ना गर्न

गोरखामा अब ‘गोरखा’ ब्राण्डकै पानी उत्पादन

गोरखामा अब ‘गोरखा’ ब्राण्डकै पानी प्रयोग गर्न पाइने भएको छ । विशेषगरी गोरखा र आसपासका जिल्लालाई लक्षित गरी गोरखा बोटलर्स प्रालिले ‘गोरखा’ नामको पानी उत्पादन सुरु गरेको हो । उद्योगको

निवृत्त शिक्षक समाज भीमसेनथापा शाखाको साधारण सभा सम्पन्न

नेपाल निवृत्त शिक्षक समाज, भीमसेनथापा गाउँपालिका शाखाको प्रथम साधारण सभा सम्पन्न भएको छ । गाउँपालिकासंगको समन्वयमा जिल्ला शाखाले साधारण सभा आयोजना गरेको हो । जिल्ला अध्यक्ष रामबाबु श्रेष्ठको अध्यक्षता तथा