
आचार्यद्वारा छात्रवृत्तिका लागि अक्षयकोष स्थापना
गोरखा नगरपालिका–७ धारापानी निवासी रामचन्द्र आचार्यले छात्रवृत्तिका लागि अक्षयकोष स्थापना गरेका छन् । गोनपा–६ पाटेचौरस्थित शक्ति माध्यमिक विद्यालयमा उनले श्रीमती र आफ्नो नाममा ३ लाख २५ हजार रकम बराबरको अक्षयकोष निर्माण गरेका हुन् ।
वुधवार एक कार्यक्रमकाबीच आचार्यले विद्यालय व्यवस्थापन समिति अध्यक्ष दिपेन्द्र श्रेष्ठलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका छन् । सो विद्यालयमा अध्ययनरत गरिव तथा जेहेन्दार बिद्यार्थीको छात्रवृत्तिका लागि अक्षयकोष स्थापना गरिएको उनले बताए । उनी उक्त विद्यालयका पुर्व प्रधानाध्यापकसमेत हुन् ।
त्यस्तै उनले मानव सेवा आश्रम र गोरक्षनाथ वैदिक गुरुकुल आधारभूत विद्यालयलाई आर्थिक सहयोग समेत गरेका छन् । आश्रम र गुरुकुलमा रहेका वालबालिकाका लागि २० हजारका दरले खाद्यान्न सहयोग गरेको बताइएको छ ।




