| मङ्लबार, बैशाख २१, २०८३

निवृत्त शिक्षक समाज भीमसेनथापा शाखाको साधारण सभा सम्पन्न

नेपाल निवृत्त शिक्षक समाज, भीमसेनथापा गाउँपालिका शाखाको प्रथम साधारण सभा सम्पन्न भएको छ । गाउँपालिकासंगको समन्वयमा जिल्ला शाखाले साधारण सभा आयोजना गरेको हो ।

जिल्ला अध्यक्ष रामबाबु श्रेष्ठको अध्यक्षता तथा गाउँपालिकाका प्रमुख लोकप्रसाद बञ्जराको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा प्रमुख अतिथि बञ्जरा, विशेष अतिथि गाउँपालिकाका उपप्रमुख अमृता वस्ती, समाजका केन्द्रीय प्रतिनिधि बाबुराम अर्याल, गाउँ शिक्षा समितिका सदस्य स्थिरप्रसाद खनाल लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

त्यस्तै कार्यक्रममा शिक्षा शाखा प्रमुख यानबहादुर नेपाली, योगबहादुर लामिछाने, डाक्टर वीरेन्द्र पुडासैनी, उत्तर नारायण श्रेष्ठले पनि शुभकामना मन्तव्य ब्यक्त गरेका समाजका सचिव अनन्त न्यौपानेले जानकारी दिए । । कार्यक्रममा योगबहादुर लामिछानेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

जसको उपाध्यक्षमा कृष्णकुमार श्रेष्ठ, सचिवमा भीमबहादुर श्रेष्ठ र कोषाध्यक्षमा यमप्रसाद भट्ट सर्वसम्मत चयन भएका समाजका सचिव अनन्त न्यौपानेले जानकारी दिए । सदस्यहरुमा केसरीप्रसाद खनाल, उमानाथ सिँखडा, परशुराम भट्ट र झंकनाथ सिंखडा चयन भएका उनले बताए ।

प्रतिक्रिया दिनुहोस्