
आरुघाट गाउँपालिकाको गत आर्थिक बर्ष २०७९÷८० को खर्च प्रगति ८६.०३ प्रतिशत रहेको छ । चालु तर्फको ८९.१६ र पुँजीगततर्फ ८१.०६ प्रतिशत खर्च प्रगति रहेको गाउँपालिकाले जनाएको छ । पालिकाका अनुसार

विगत ६ दिनदेखि सम्पर्कविहिन भएका ५३ बर्षीय भिमबहादुर परियार मृत फेला परेका छन् । गोरखा नगरपालिका–१० ठुटेबजारस्थित दरौदी नदी किनारमा वुधवार बिहान उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ

अस्थायी रुटको भाडा समायोजनको निर्णय कार्यान्वयनमा अटेर गर्दै आएका जिल्लाका यातायात व्यवसायीले आफूखुशी भाडादर निर्धारण गरेका छन् । अस्थायी मार्ग तथा भाडा निर्धारण समितिले निर्धारण गरेको नयाँ भाडादर त्रुटीपूर्ण र

शहिदलखन गाउँपालिका–७ बुङकोटका महिलाहरुलाई सिलाई मेसिन र बंगुरका पाठा वितरण गरिएको छ । महिला आयआर्जन कार्यक्रम अन्तरगत ५० प्रतिशत अनुदानमा उनीहरुलाई उक्त सामग्री वितरण गरिएको वडाध्यक्ष शरण श्रेष्ठले बताए ।

चाडपर्वलाई लक्षित गरी जिल्लामा संचालन भएको सुपथ छुट पसलबाट तीन दिनमा ३७ क्वीन्टल भन्दा बढी चामल बिक्री भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय गोरखाले आइतवारबाट

जिल्ला सदरमुकाममा आजबाट शुरु हुने बृहत लोकदोहोरी महोत्सवको बिषयमा पुनः विवाद शुरु भएको छ । स्टलको बिषयलाई लिएर कपडा तथा फेन्सी व्यवसायी संघ गोरखा र आयोजक राष्ट्रिय लोक तथा दोहोरी

इजरायल आक्रमणमा ज्यान गुमाएका नेपाली बिद्यार्थीको सम्झनामा गोरखामा दिप प्रज्वलन गरिएको छ । नेपाल बिद्यार्थी संघ जिल्ला कार्यसमिति गोरखाले मंगलवार साँझ बसपार्कमा दिप प्रज्वलन गरेको हो । आक्रमणमा मारिएका प्रति

नेपाली जनतालाई दण्डहीनताको अन्त्य गर्दै सुशासनको प्रत्याभूति दिलाउन मानव अधिकार तथा शान्ति समाज गोरखाले सरकारको ध्यानाकर्षण गराएको छ । मंगलवार प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसाल माफर्त प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाउँदै

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र नेपालका लागि जापानी राजदूत किकुता युताका विच भेटवार्ता भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलवार भएको भेटमा मुख्यमन्त्री पाण्डेले नेपाल र जापानको लामो

बर्षासँगै गएको पहिरोले अवरुद्ध बनेको बारपाक–लाप्राक सडकखण्ड अझै सुचारु भएको छैन । यातायात ठप्प हुदाँ स्थानीयलाई आउजाउसँगै सामान ढुवानीमा समेत समस्या परेको छ । सडक संचालनमा चासो नदिएको भन्दै स्थानीयको