| मङ्लबार, कार्तिक २४, २०८३

देशमा आज

फागुन १६ भित्र एमसीसी पारित गर्ने देउवा र प्रचण्डको प्रतिवद्धता, एमसीसीले पठायो धन्यवाद पत्र

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संयुक्त रुपमा पत्र लेखी १६ फागुनभित्र एमसीसी पारित गर्ने प्रतिबद्धता जनाएकोमा अमेरिकी सहयोग नियोग मुख्यालयले धन्यबाद ज्ञापन गरेकाे छ

‘खुकुरी रमको बजार हिस्सा ९५ प्रतिशत छ’

पछिल्लो समय नेपाल डिस्टिलरी खुकुरी रम (ट्रिपल एक्स) को बजार विस्तार गर्न आक्रमक रूपमा लागेको छ । कम्पनीले गत २० वर्षदेखि प्रचलनमा रहेको रमको प्याकेजिङ नै परिवर्तन गर्यो । यही

सुनको मूल्यमा स्थिरता

साताको पहिलो दिन नेपाली बजारमा सुनको भाउ स्थिर छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलाको ९२ हजार पाँच सय रुपैयाँ कायम भएको छ । शुक्रबार

गण्डकी प्रदेशमा ४ वटा मन्त्रालय एउटै भवनमा कोचाकोच, सेवा पनि अस्तव्यस्त

पर्याप्त अध्ययन र तयारीबिनै मन्त्रालयको संख्या थप्दा गण्डकी प्रदेश सरकारको काम कारबाही अस्तव्यस्त बनेको छ । निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशमा रहेका ७ मन्त्रालय फुटाएर ११ वटा पुर्‍याए । हालका मुख्यमन्त्री कृष्णचन्द्र

भर्चुअल माध्यमबाट गण्डकी प्रदेशसभाको चौथो वार्षिकोत्सव

गण्डकी प्रदेशसभाले आफ्नो चौथो वार्षिकोत्सव भर्चुअल माध्यमबाट सम्पन्न गरेको छ । कोरोना महामारीका कारण प्रदेशसभा सचिवालयले वार्षिकोत्सवलाई भर्चुअल माध्यमबाट सम्पन्न गरेको हो । पूर्वप्रधानमन्त्री डा।बाबुराम भट्टराईले गण्डकी प्रदेश नेपालको मध्यभागमा

स्थानीय तह निर्वाचन अघि नै माओवादीले पदाधिकारीलगायतको जिम्मेवारी बाँडफाँड गरिसक्ने

महाधिवेशन सम्पन्न गरेको झन्डै दुई महिना पछि नेकपा माओवादी केन्द्रले पदाधिकारी चयन गर्न गृहकार्य सुरु गरेको छ ।​ आगामी २७ माघमा बोलाइएको केन्द्रिय समिति बैठक अघि नै महासचिव लगायतका पदमा

आजदेखि मौसममा सुधार हुने

आजदेखि मौसममा सुधार हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार सामान्यतया देशैभर मौसम सफा रहेनेछ । केही दिनयतादेखि पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले मौसम प्रभावित भई हिमाली र

आज सरस्वती पूजा

प्रत्येक वर्ष माघ शुल्क पञ्चमीको दिन गरिने सरस्वती पूजा विधिपूर्वक आज गरिँदै छ। यस अवसरमा विशेष गरी विद्यार्थी, लेखक, कवि, पत्रकार, कलाकारलगायतले सरस्वती, किताब, कपी, कलम, बाध्ययन्त्रलगायत साधनको पूजा गरिनेछ।

नयाँ शैक्षिक सत्र वैशाखदेखि सुरु हुने

विद्यालयतहको नयाँ शैक्षिक सत्र आगामी वैशाखदेखि सुरु हुनेभएको छ । कोभिड–१९ को दोस्रो लहरका कारण चालू शैक्षिक सत्र गतअसार १ गतेदेखि सुरु भएको थियो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव दीपक

मतपत्र डिजाइनका लागि निर्वाचन आयोगद्वारा दरखास्त आह्वान

निर्वाचन आयोगले आसन्न निर्वाचनलाई मध्यनजर गर्दै मतपत्र डिजाइनका लागि दरखास्त आह्वान गरेको छ। शनिबार एक सार्वजनिक सूचना प्रकाशित गर्दै आयोगले मतपत्र, लोगो, निर्वाचन चिह्न तथा निर्वाचन शिक्षा तथा सूचना सामग्री