
नेविसंघले दिप प्रज्वलन गरेर मनायो संविधान दिवश
बुधबार नेविसंघ गोृरखाले संविधान दिवसको अबसरमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ । नेपाल बिद्यार्थी संघ जिल्ला कार्य समितिको आयोजनामा बसपार्कमा रहेको विद्यार्थी सहिद श्याम सुन्दर श्रेष्ठको सालिक अगाडि दिप प्रज्वलन गरेको हो । कार्यक्रममा जिल्ला अध्यक्ष रुप बहादुर गुरुङ र सह सचिव सुवास अधिकारीले कार्यक्रमलाई सम्बोधन गरेको नेविसंघका नेता बिक्रम अधिकारीले जानकारी दिए।।




