| शुक्रबार, कार्तिक २०, २०८३

शैक्षिक गुणस्तर सुधारका लागि ‘नगरपालिकासंग विद्यालय कार्यक्रम’

पालुङटार नगरपालिकाले पािलकाभित्रको शैक्षिक गुणस्तर सुधार गर्न ‘नगरपालिकासँग विद्यालय कार्यक्रम’ संचालन गरेको छ । नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा बुधबार ‘नगरपालिकासँग विद्यालय कार्यक्रम २०८३’ सम्पन्न भएको पालिकाले जनाएको छ ।

‘विद्यालयको आवश्यकता, नगरपालिकाको प्रतिबद्धता, गुणस्तरीय शिक्षाका लागि सबैको साझा सहभागिता’ भन्ने मूल नाराका सहित पालिकाको वडा नं १ स्थित अन्नपूर्ण माविमा कार्यक्रम भएको नगर उपप्रमुख बन्दना पाण्डेले बताइन् । उनका अनुसार कार्यक्रममा पालिकाभित्रका शिक्षक, विद्यार्थी, अभिभावक तथा शिक्षा क्षेत्रका सरोकारवालाहरू बीच अन्तरक्रिया भएको थियो ।

विद्यालयहरुको वास्तविक आवश्यकता पहिचान गर्दै स्थानीय तहको नीति, योजना तथा कार्यक्रमलाई शैक्षिक सुधारसँग जोड्न र सबै पक्षको साझा प्रयासबाट गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्