| सोमवार, कार्तिक २३, २०८३

ओली

कक्षा १२ सम्म निशुल्क पढाइ ः ओली

दरौंदी ः भर्खरै एसईईको नतिजा सार्वजनिक भएको छ । अभिभावकहरु आफ्ना छोराछोरीका लागि ११ कक्षाको महंगो भर्ना शुल्क कसरी जुटाउने भन्ने तनावमा छन् । यहीबेला बिहिबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीले राजधानीमा आयोजित एक कार्यक्रममा भने ‘आज विश्व व्यापी मान्यता भइसक्यो, १२ कक्षासम्म फ्री !’ महंगो शिक्षाका कारण छोरा छोरीको भविष्यप्रति चिन्ता गरिरहेका अभिभावकहरुले प्रधानमन्त्रीको यो भाषणबाट अलिकति पनि हषिर्त नभए हुन्छ । किनभने, प्रधानमन्त्रीले यो भाषण समाजवादी सरकार रहेको नेपालको सन्दर्भमा गरेका होइनन्, केवल समाजवादको बखान गर्ने क्रममा उनले विश्वका पुँजीवादी देशहरुले समेत १२ कक्षासम्म निःशुल्क शिक्षाको व्यवस्था गरेको सुनाएका मात्र हुन् ।

प्रतिक्रिया दिनुहोस्