| सोमवार, कार्तिक २३, २०८३

ओली

सर्टिफिकेट फ्रेममा सजाउन लाखौँ खर्च गर्ने होइन ः ओली

प्रधानमन्त्री केपी ओलीले मुलुकको शिक्षा प्रणाली जीवनोपयोगी हुनुपर्नेमा जोड दिएका छन् । आज भृकटीमण्डपमा आयोजित कान्तिपुर–हिसान एजुकेशन फेयरको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले शिक्षा प्रणाली लाखौं खर्च गरेर सर्टिफिकेट फ्रेममा सजाएर राख्ने खालको मात्र हुन नहुने बताउँदै गुलाबको फूलझै लोकप्रिय हुनुपर्नेमा जोड दिए । उनले भने, हाम्रो शिक्षा भ्यालेन्टाइन डे को गूलाबको फूल जस्तै लोकप्रिय हुन जरुरी छ, जीवनपयोगी हुनुपर्यो । सर्टिफिकेट फ्रेममा सजाउन लाखौं खर्च गरिएको होइन ।

प्रधानमन्त्री ओलीले शिक्षा प्रणाली बौद्धिकताको पहिचान गर्ने खालको हुनुपर्ने बताउँदै आइन्स्टाइन र सन्दिप लामिछानेको उदाहरण समेत दिन भ्याए । उनले विश्वका महान वैज्ञानिक आइन्स्टाइन कम बोले ९डल० पनि क्षमतामा सबैभन्दा अब्बल रहेको उदाहरण दिँदै साना बालबालिकाहरुलाई कम ९डल०बोल्नासाथ कमजोर नठान्न उनले अभिभावकहरुलाई सचेत गराए ।

प्रतिक्रिया दिनुहोस्