
छतिवनगैराको प्रजाबस्ती प्राबिलाई तारबार गरिदिने सांसद अधिकारीको प्रतिवद्धता
गोरखाको गण्डकी गाउँपालिका ७ छतिवन गैराको प्रजाज्योती प्राथमिक विद्यालय को २७ औं बार्षिकोत्सव सम्पन्न भएको छ ।
बार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रतिनिधि सभाका सांसद हरिराज अधिकारीले विद्यालयको तारबारका लागि आर्थिक सहयोग गर्ने प्रतिबद्धता गरेका छन् । उनले स्थानिय समुदायलाई कृषिका लागि आबश्यक विउविजन उपलब्ध गराउने पनि प्रतिवद्धता व्यक्त गरेका छन् ।
विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रमका साथ भएको बार्षिको त्सवमा प्रधानाध्यापक नानीमैया तिवारीले शैक्षिक तथा प्रगति प्रतिवेदन प्रस्तुत गरेकी थिईन् । कार्यक्रममा वडाअध्यक्ष तुलसी रेग्मी, नेकपाका गण्डकी प्रदेश सदस्य दिपक तिमिल्सिना, विष्णु पन्त, शिव आधारभुत विद्यालयका प्रधानाध्यापक प्रकाश रेग्मी लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।




