| सोमवार, कार्तिक २३, २०८३

शिक्षक संघको गण्डकी प्रदेश भेला बारपाकमा सम्पन्न

दरौंदी ः गोरखाको बारपाकमा नेपाल शिक्षक संघ गण्डकी प्रदेश स्तरीय भेला सम्पन्न भएको छ । भेलाले शिक्षक वृत्ति विकासमा भएको अन्यौलता हटाउन सरकारसँग माग गर्ने निर्णय गरेको छ । साथै, शिक्षक हकहितका सन्दर्भमा सरकारसँग जारी वार्तालाई निष्कर्षमा पु¥याउन र अवकाश रोज्ने शिक्षकलाई पटक पटक नगरी एकैपटक गोल्डेन ह्याण्डसेक रकम उपलब्ध गराउन पनि भेलाले माग गरेको छ । प्रदेश र संघ सरकारले शिक्षा सम्बन्धी कानून बनाएपछि मात्रै स्थानीय तहले कानुन बनाउन पनि भेलाले माग गरेको नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष लुमनाथ लामिछानेले जानकारी दिए ।
नेपाल शिक्षक संघका गण्डकी प्रदेश अध्यक्ष शिरोमणी लामिछाने को अध्यक्षतामा भएको कार्यक्रममा संघका राष्ट्रिय अध्यक्ष राजनराज पौडेल, संघका वरिष्ठ उपाध्यक्ष एमपी भुषाल, महासचिव सोमनाथ गिरी, नेपाली कांग्रेसका जिल्ला सभापति हरीबहादुर घले, महासमिति सदस्य राजनराज पन्त, पालुङटार नगरपालिकाका मेयर दिपकबाबु कंडेल, जिल्ला समन्वय समितिका प्रबक्ता मानप्रसाद धिताल , नेपाली कांग्रेसका क्षेत्रीय सभापति घिरन थापा, लगायतले मन्तब्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्