
झ्याल्ला भुमे मन्दिर पुनः निमार्ण तथा विस्तार अभियान सुरु
दरौँदी ः भुमे जनकल्याण समाजले भुमे स्मारिकाका विमोचन तथा डकुमेन्टूी प्रदर्शन गरी मन्दिर पुनः निर्माण तथा विस्तार अभियान सुरु गरेको छ । शनिबार राष्टिूय प्रज्ञा प्रतिष्ठान कमलादीमा एक कार्यक्रम गरी अभियान सुरु गरीएको हो । भूकम्पले क्षतिग्रस्त पारेको मन्दिरको पुन निर्माण गर्नका लागि आर्थिक स्रोत जुटाउनका लागि अभियान सुरु गरीएका संस्थाका अध्यक्ष धन बहादुर गुरुङले जानाकारी दिए ।

मन्दिर पुननिर्माण का लागि हालसम्म करिव दश लाख रुपैँया सहयोग गर्ने प्रतिवद्धता आएको उनले बताए । ‘ गुरु योजना अनुसार उक्त मन्दिर परिसरभित्र प्रवेशद्धार, पाटी, मुल मन्दिर, कार्यालय भवन ,भुमे स्तभ, वनभोज स्थल, पुजा सामग्री पसल गार्डेन निर्माण, खुला क्षेत्रमा वृक्षारोपण, नदी कटानलाई रोक्न तटबन्ध तथा पर्खालको व्यवस्था गरी तिर्थालु भत्तजनलाई सहज वातारण निमार्ण गर्नको लागि योजना ल्याइएको बताउदै आयोजकले एक एक इटा जोडिएर मात्र घर बन्ने भन्दै सबैलाई सकेको सहयोग आर्थिक, पुर्वाधार निमार्ण सहयोग तथा स्वंयमसेवी सहयोग गर्न आह्वान गरेको छ । उक्त कार्यक्रममा सबै धर्मप्रति समभाव राख्ने झ्याल्ला भुमेले वर्तमान नेपाली समाजको वर्तमान परिस्थितिमा मान्य हुने गुरुङ,मगर, बाहुन क्षेत्री सबै प्रति समानता रहेको बताउदै संस्कृत विद् डा.जगमान गुरुङले दुगुर्ण त्यागेर सत्गुणको विकास गर्दै समाज,सस्कृति भाषालाई देश र काल अनुसार परिष्कृत गर्दै लैजानु पर्ने बताए । पुन निर्माणलाई पहिलो प्राथामिकतामा राख्दै भुमे मन्दिरलाई धार्मिक पर्यटनको माध्यमबाट अर्थोपाजर्नको स्रोतको रुपमा विकास गर्नु पर्ने धारणा प्रदेशसभा सांसद प्रकाश चन्द्र दवाडीले व्यक्त गरेका थिए ।
कला धर्म संस्कृति, पर्यटन र कृषिको क्षेत्रमा विकास गर्न सबै संघसंस्था मिलेर सक्रिय रुपमा काम गर्नु पर्ने बताउदै शिक्षाविद् बाबुराम अधिकारीले संस्कृत शिक्षाको महत्व दर्शाउदै सबै वाद दर्शनको उद्गम स्थल संस्कृत भएकाले यसको संरक्षणमा पनि लाग्नु पर्ने बताए । माजका अध्यक्ष धन बहादुर गुरुङको अध्यक्षतामा भएको उक्त कार्यक्रममा समाजसेवी जयप्रकाश गुरुङ, गुृरुङ पर्यटन व्यवसायी संघको अध्यक्ष कमला गुरुङ, हिमाल घले , कवि विजय न्यासाँस्कृतिक झलक पनि प्रस्तुत गरिएको थियो ।




