
मनास्लु क्षेत्रमा पर्यटकको चहलपहल बढ्दै
बूढीगण्डकी बाढीपछि शून्यप्राय: बनेको मजास्लु क्षेत्रमा अहिले पर्यटकको चहलपहल बढ्न थनलेको छ ।एकदुई दिनयता दैनिक ५० जनाभन्दा धेरै पर्यटक प्रवेश गर्न थालेका मनास्लु प्रवेशस्थल जगतका होटल व्यवसायी गणेश कार्कीले जानकारी दिए ।
‘बूढीगण्डकीको बाढीले बिगारेको बाटो मर्मत भएपछि अहिले पर्यटक आउन थालेका छन्’, उनले भने, ‘दिनमा ५०-६० जना पर्यटक आउने गरेका छन् । मुख्य सिजन भनेकै कार्तिक हो । मंसीरको १५ सम्म त पर्यटक आइरहन्छन् ।’ पर्यटकको चहलपहल बढेसंगै होटल व्यवसायी, रेस्टुरेण्ट, टी-सप व्यवसायीहरु खुशी भएका छन् ।अबको तीनचार दिनभित्र चुम उपत्यकाको बाटो पनि सुचारु हुने जगतका अर्का होटल व्यवसायी बलबहादुर गुरुङको भनाइ छ ।
‘क्याण्टिलिभरको पुल बगाएको सर्दीमा चुमचेत, चुम्लिङ, लोक्पाका बासिन्दाले रातदिन काम गरेर बाटो खोल्दैछन्’ उनले भने, ‘बाटो मर्मत भइसक्यो । अहिले धमाधम काठेपुल बनाइरहेका छन् । अबको तीन-चार दिनभित्र चुमभ्यालीको बाटो पनि खुल्छ ।’ त्यसपछि स्थानीय र पर्यटकको आवतजावत सुचारु हुने उनले बताए ।




