
बौद्ध धर्मावलम्बीहरूले आज २५६५ औं बुद्ध जयन्ती मनाउँदै
आज विश्वभरका बौद्ध धर्मावलम्बीहरूले २५६५ औं बुद्ध जयन्ती मनाउँदै छन् । हरेक वर्ष वैशाख पूर्णिमाको दिन मनाइने बुद्ध जयन्ती यसवर्ष भने कोरोना भाइरस महामारीका कारण कुनैपनि विशेष कार्यक्रम विना नै मनाइँदैछ ।
भगवान बुद्धको जन्म, बुद्धत्व प्राप्त गरेको र महापरिनिर्माण समेत वैशाख पूर्णिमाकै दिन भएकोले बौद्धमार्गीहरूले यस दिनलाई विशेष पर्वको रूपमा मान्ने गर्छन् । यसदिन बुद्धको जन्मस्थान लुम्बिनी लगायत सबै बौद्ध स्तुपाहरूमा विभिन्न कार्यक्रम गरी बुद्ध जयन्ती मनाउने गरिन्थ्यो । तर कोरोनाका कारण यसवर्ष लुम्बिनीमा समेत दीप प्रज्वलनबाहेकका अन्य विशेष कार्यक्रमहरू नहुने भएको छ ।
यस्तै जिल्ला प्रशासन कार्यालय गोरखाले कोरोना माहामारीको त्रास बढेकाले वृद्धजयन्ती घरघरमा मनाउन अनुरोध गरेको छ । गोरखामा हरेक वर्ष वुद्ध जयन्तीको अवसरमा कार्यक्रम हुने गरेपनि यस वर्ष औपचारीक कार्यक्रम आयोजना भएका छैनन् । गोरखा बौद्ध समाज गोरखाले हरेक वर्ष वुद्ध जयन्तीको अवसरमा कार्यक्रम गर्दै आएको थियो । अहिले भने समाजले सुचना जारी गर्दै दिप प्रज्वलन गर्न अनुरोध गरेको छ ।




