| सोमवार, कार्तिक २३, २०८३

सगरमाथा चढ्न आज नेपाल आउँदै बहराइनका राजकुमार

बहराइनका राजकुमार शेख मोहम्मद अल खलिफासहितको टोलीले नेपाल प्रस्थान गरेको छ।

यस वर्षको बसन्तकालीन याममा सर्वाेच्च शिखर सगरमाथा आरोहणका लागि बहराइन अधिराज्यका युवराज शेख नसेर बिन हमिद अल खलिफाका भाइ राजकुमार खलिफासहित १६ जनाको टोली नेपाल प्रस्थान गरेको बहराइन, मनामास्थित नेपाली राजदूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

नागरिक उड्डयन प्राधिकरणका अनुसार आज साँझसम्म उक्त टोली नेपाल आइपुग्नेछ। 

बहराइन, मनामास्थित नेपाली राजदूतावासले विज्ञप्तिका अनुसार उक्त टोली ८० दिन नेपालमा रहनेछ।

सो टोलीले गोरखा गुमनुब्री गाउँपालिका १ स्थित समागाउँका बासिन्दाका लागि कोभिडविरूद्ध लगाइने २ हजार खोप (एस्ट्रा जेनिका)  सहयोग स्वरूप प्रदान गर्नेछ। 

प्रतिक्रिया दिनुहोस्